सुर्खेतमा ज्यान जोगाउन बसबाट हामफाल्दा त्यही बसले किचेर एक किशोरीको ज्यान गयो

0
15

काठमाण्डौ १२ कात्तिक । चिङ्गाड गाउँपालिका(३, चिउडुवामा बसले किचेर सोमबार एक किशोरीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुबाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका(४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै ज्यान गएको हो ।

उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको अवस्थामा अत्तालिएर ढोकाबाट हाम फाल्दा बुढाको त्यसै बसको चक्काले किचेर ज्यान गएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान सुरु गरिसकेको छ ।

LEAVE A REPLY