गीतानगरबाट एकै दिन २ बालिका हराए, ३ दिन देखि बेपत्ता

0
39

चितवन, २० कात्तिक । भरतपुर महानगरपालिका ६ गीतानगर क्षेत्रबाट ३ दिन देखि १४ बर्षीय २ बालिका हराएका छन् । कुसुम बयलकोटी र अस्मिता कुवर थारु गत १७ गते आइतबार एकै दिन हराएको प्रहरीले जनाएको छ । अस्मिता बिहान ९ः४५ बजे डेरीबाट दुध ल्याउने भन्दै घरबाट निस्किएको र कुसुम बिहान ७ः ४५ मा साथिको घर जान्छु भन्दै घर बाट निस्किएको परिवारलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । अस्मिताको बर्ण कालो, ४.२ फिट उचाई, पातलो शरीर, कालो हाप कट्टु र कालो टिसर्ट लगाएकी थिईन । त्यस्तै कुसुम भने गहँु गोरो वर्णको रहेकी छन् । उनको उचाई ५ फिट, मझौला शरीर , पहेलो कलरको सर्ट र निलो जिन्स पाइन्ट लगाएकी थिईन । बालिकाहरु फेला परेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ।

LEAVE A REPLY