“तरुण कांग्रेसको मेरुदण्ड हो” ः निवर्तमान सभापति टेक प्रसाद गुरुङ्ग

0
63

भरतपुर २३ कात्तिक । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नेपाली कांग्रेसका लागि मेरुदण्ड रहेको नेपाली कांग्रेसका जिल्ला अगुवा नेताहरुले बताएका छन् । आज पार्वतीपुरमा तरुण दल साबिक क्षेत्र न ५ ले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै जिल्ला नेताहरुले तरुणहरुको जोश र जाँगरलाई उपयोग गरे कांग्रेस बलियो बन्ने बताए । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ्गले तरुणहरुको सक्रियतामा देश समृद्द बन्न सक्ने बताए । सरकारका नकारात्मक कामहरुको बिरोध र सकारात्मक अभियानलाई साथ् दिदै राष्ट्रिय आवस्यकतामा परिचालन गर्न सकिने समेत उनको भनाइ छ । “कांग्रेसलाई अहिलेको अवस्था सम्म ल्याउन तरुणहरुको ठुलो भूमिका छ ।” गुरुङ्गले भने, “ तरुणको केन्द्रमा जस्तो विवाद भए पनि जिल्ला र क्षेत्रिय तहमा तरुण बिचलित हुनु हुदैन ।”
त्यस्तै अधिनायकबाद तर्फ उन्मुख सरकारको गलत प्रवृतिको आलोचना गर्न तरुणले छाड्न नहुने बताए । उनले बिगतमा राजाले ‘राजनैतिक कु’ गर्दा प्रतिवन्ध लगाएको तरुण प्रतिको भयका कारण रहेको स्मरण गरे ।
“सामाजिक र राजनैतिक क्षेत्रमा कांग्रेसलाई सवल बनाउन तरुणहरु सक्रिय हुनुपर्छ ।” पुर्व चितवन जिल्ला सभापति पृथ्वीमान गुरुङ्गले भने, “तरुण कांग्रेसको मेरुदण्ड हो ।”
सोहि क्रममा नेपाली कांग्रेस जिल्ला सचिव राजीव न्यौपानेले तरुणको नयाँ पुस्ताले पुरानो पुस्ता बाट अनुभव सिक्दै सृजनात्मक अभ्यासमा जोड दिनुपर्ने बताए ।
नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले राजनीति अहिले गलत ट्रयाकमा हिडिरहेकाले सहि ट्रयाकमा ल्याउनु पर्ने बताएका छन् । “राजनीति गरिवका लागि हो, राजनीति निमुखाका लागि , कमजोरका लागि हो, राजनीति समाज परिवर्तनका लागि हो तर अहिलेको राजनीति उल्टो दिशा तर्फ अगाडी बढेको छ । अहिले राजनीति हुदाँ खानेका लागि हुनुपर्नेमा हुने खानेका लागि भएको छ ।” कोइरालाले भने, “अहिले राजनीतिमा सु–सस्कारको कमि हुदै गएको छ । असल संस्कार मार्फत सहि राजनीति गर्न सके समाज परिवर्तन गर्न सकिन्छ ।” उनका अनुसार नेतृत्व खराव हुदा ३ करोड जनताको भविष्य माथि खेलवाड भएको छ । राजनीतिलाई सु– व्यवस्थित बनाउन फेरी एक पटक चिन्तन गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।
कार्यक्रममा तरुण दल साबिक क्षेत्र न ५ का प्रवक्ता बिकास भट्टले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम तरुण दल साबिक क्षेत्र न ५ का सभापति कृष्ण कुमार गुरुङ्गको सभापतित्व र निवर्तमान जिल्ला सभापति टेक प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

LEAVE A REPLY