सरदपुरमा अखण्ड स्माइल डेण्टलको एक दिने निशुल्क दन्त परिक्षण

0
177

भरतपुर २५ कात्तिक । भरतपुर ९ सरदपुरमा एक दिने निशुल्क दन्त परिक्षण शिविर भएको छ । आइतवार स्टेप बाइ स्टेप बोर्डिङ्ग स्कुलमा अखण्ड स्माइल डेन्टलको आयोजनामा दन्त परिक्षण भएको हो । मौलाकालिका अस्पतालको सहयोगमा भएको दन्त परिक्षणमा ७ सय जनाले दन्त परिक्षण गराएको अखण्ड स्माइल डेण्टलका संचालक डा. लक्ष्मण पौडेलले बताए । स्टेप बाइ स्टेपमा अध्यनरत बिद्यार्थी र तिनका अभिभावक दन्त परिक्षणबाट लाभान्वित भएका हुन् । ५ बर्ष देखि १५ बर्ष उमेर समूहका बिद्यार्थीले दन्त परिक्षण गराएका हुन् । दन्त परिक्षण गराएका मध्ये ३० जनाको दांतको उपचार गरिएको थियो । शिविरमा दन्त परिक्षण संगै दांतमा हुने समस्याका बारेमा जनचेतना समेत गरिएको छ । शिविरमा दातको सुरक्षा कसरी गर्ने, दातलाइ किरा बाट जोगाउन के गर्ने लगाएत मुख स्वास्थ्य बारे जानकारी गराउदै बालबालिकाको दातको हेरचाहमा अभिभावक मात्र नभएर शिक्षक शिक्षिकाहरुपनि उत्तिकै जिम्मेवार हुनुपर्ने डा पौडेलले बताए ।

Advertisements

LEAVE A REPLY