भरतपुर–१६मा चुनावी प्रचारप्रसार तिब्र

0
143

मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि भरतपुर महानगरपालिका–१६ मा प्रचारप्रसारको काम भइरहेको छ। उपनिर्वाचनको लागि निर्वाचनमा उठेका सबै पार्टीहरुले चुनाव नजिकिए संगै चुनावी प्रतिबद्दता सहित चुनावी प्रचार तिब्र पारिएको हो ।

Advertisements

हाल भरतपुर-१६मा सबै पार्टीको घर दैलो कार्यकम भइरहेको छ। भरतपुर महानगरपालिका–१६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तराज हमाल, नेपाली काँग्रेसका अमृतराज हमाल, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा र राष्ट्रिय नागरिक पार्टीका धनप्रसा घलेले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन। मनोनयन दर्ता गरे संगै सबै पार्टीले आ-आफ्नो स्थान बाट आवश्यक चुनावी प्रतिबद्दता सहित चुनाव प्रचारप्रसार गरिरहेका छन्। भने यतिबेला १६ न. चुनावमय बनेको छ।

यसअघिको निर्वाचनमा भरतपुर–१६ मा तत्कालीन नेकपा एमाले निर्वाचन जितेको थियो । भरतपुर–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोगका कारण निधन भएपछी वडा न-१६ अध्यक्ष बिहिन भएको थियो। यसअघिको निर्वाचनमा भरतपुर–१६ मा नेकपा एमालेले दुई हजार १३२, नेपाली काँग्रेसले दुई हजार ६८, माओवादी केन्द्रले ९८९, राप्रपाले ६३, राष्ट्रिय जनमोर्चाले १२, नयाँ शक्तिले ११ र स्वतन्त्र उम्मेदवारले नौ मत प्राप्त गरेका थिए ।

LEAVE A REPLY