मुख्यमन्त्री डोरमणी भन्छन् ः विद्यालयभित्र राजनीति नगरौँ

0
276

चितवन । ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षकलाई विद्यालयभित्र राजनीति नगर्न आग्रह गर्नुभएको छ । उहाँले ज्ञानको मन्दिर ९विद्यालय० को हाताभित्र पसेपछि कुनै शिक्षकलाई राजनीति गर्न छुट नदिइएको बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘पढाउन आउने शिक्षकले विद्यालयमा राजनीति किन गर्ने रु उसको काम त पढाउने हो ।’

Advertisements

नारायणगढको बालकुमारी माध्यमिक विद्यालयको स्थापनाको ५४ औं वर्ष, विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘विद्यालयभित्र राजनीति गर्नको लागि शिक्षकका संगठनहरु निर्माण गरिएको होइन, पेशागत हकहित र सुरक्षाको लागि हो ।’

उहाँले विद्यालयभित्र राजनीति गर्ने शिक्षकप्रति संकेत गर्दै भन्नुभयो, ‘कुनै शिक्षक राजनीतिकर्मीको रुपमा उपस्थित हुनुभएको छ भने शिक्षक पेशा छोड्नूस्, राजनीति समात्नुहोस् होइन भने विद्यार्थीको पढाइप्रति खेलवाड गरेर राजनीति नगर्नूस् मेरो आग्रह छ ।’ कार्यक्रममा मन्त्री पौडेलले सिङ्गो परम्परागत शिक्षालाई बदल्नु पर्ने भएकाले शिक्षक पनि आफूलाई त्यहीअनुरुप विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पढायौँ, पढ्यौँ, प्रमाणपत्र लियौँ तर सिकेनौँ । अब पढाइ सँगसँगै सिकाइ पनि हुने शिक्षा सुरुवात् प्रदेश सरकारले गरेको छ ।

LEAVE A REPLY