दुधको उत्पादन लागत घटाउन कृषक ब्यवसायिक घाँस खेती तर्फ आकर्षित

0
567

शिव शर्मा भरतपुर । पशुपालक किसानको लागी पशु आहार चुनौतीपूर्ण बन्दै गएको छ । पशुपालन बाट हुने आम्दानीको करिव ७० प्रतिशत खर्च तिनै पशुको लागी खर्च हुदाँ किसानले पशु आहारको विकल्प खोज्न थालेका छन् । चोकर, दाना र परालको भरमा पशु पाल्दै आएका किसान ब्यवसायिक घाँस खेति तर्फ आकर्षित हुन थालेका हुन् ।

Advertisements

“अनुदान पनि नेताको पछि लाग्नेले मात्र पाउछन् । सरकारले अनुदान दिए गोठ सुधार र आहार ब्यबस्थापनलाई प्रभावकारी बनाउने थिए ।”

“डेरीबाट भुक्तानी आँउछ तर त्यो रकम गाइलाई खुवाएको तिर्दैमा सकिन लाग्छ । दाना चोकरको मूल्य निकै महँगो छ ।” भट्ट गाइ फार्म संचालक दिपक भट्टले भने, “कति दाना चोकरमा मात्रै जोड गर्नु, राम्रो दुध दिने घाँस खेती सुरु गरेको छु । अहिले निकै सजिलो भएको छ ।” भट्टका फार्ममा अहिले २३ वटा गाइ छन् । १७ वटा दुहुना गाइ छन् । उनले दैनिक डेढ सय लिटर भन्दा बढी दुध नजिकैको अन्नपुर्ण डेरीमा बेच्छन् । भट्टले ४ बर्ष बिदेश बसि नेपाल आएर ब्यबसायिक गाइ पालन सुरु गरेका हुन् । “घाँस लगाउन सुरु गरे संगै उत्पादन लागत ह्वात्तै घटेको छ, पराल कम किने पुग्छ ।” भट्टले भने “ गत बर्ष ३ लाखको पराल किनेको थिए अहिले पराल किन्न परेन ।” उनले करिव १२ कठ्ठामा सुपर नेपीयर जातको घाँस लगाएका छन् । नेपालमा उन्नत जातको सुपर नेपियर घास नयाँ आयातित घाँस हो । यसमा प्रयाप्त मात्रामा प्रोटिन र अन्य खाध्य तत्व पाइने हुदाँ दाना चोकर खुवाउन नपर्ने भट्टको भनाइ छ । “सरकारले दुधको मूल्य त बढाएको छ, अब आहारको मूल्य ब्यबस्थापन पनि गर्नु पर्छ ।” भट्टले भने, “अनुदान पनि नेताको पछि लाग्नेले मात्र पाउछन् । सरकारले अनुदान दिए गोठ सुधार र आहार ब्यबस्थापनलाई प्रभावकारी बनाउने थिए ।”

पारसनगरकै शिव तिमिल्सेनाले २ दशक यता ब्यबसायिक घाँस खेती गर्दै आएका छन् । ६ बिगाहा जग्गामा उनले करिव ४० जातका घाँस लगाउने गरेका छन् । सुपर नेपीयर, नेपीएर , एनबी २१, मलाटस,पारा, जै, डाले घाँस लगाएतका घाँसको उनले ब्यबसायिक खेती गरेका हुन् । “ब्यबसायिक रुपमा गरेको घाँस खेतिले उद्यमी बनाएको छ । घाँस खेतीमा आम्दानी पनि राम्रो हुने गर्छ ।” तिमिल्सेनाले भने, “उधमी बन्न चाहने युवालाई घाँस खेती पनि विकल्प बन्न सक्छ ।” भारतको बिहार, उत्तर प्रदेश, रक्सौल लगाएतका ठाउमा उनले लगाएको घाँस निर्यात हुने गरेको छ । नेपालकै झापा, मोरङ, धादिंङ, बनेपा, कास्की लगाएतका जिल्लामा घाँस निर्यात गर्ने गरेको तिमिल्सेना बताउँछन ।
अन्नपुर्ण दुग्ध सहकारीका अध्यक्ष ऋषिराम चापागाईंले घाँस खुवाउदा गाइ भैसीको दुध धेरै आउने र उत्पादन लागत पनि कम हुने बताए । घाँस खेति गर्ने किसानका लागि अन्नपुर्णले अनुदान र प्रोत्साहन सुबिधाको ब्यबस्था गरेको उनको भनाइ छ । “ब्यबसायिक रुपमा घाँस खेति गर्न खोज्ने किसानलाई जग्गा लिज लिने प्रक्रियामा सम्बन्धित ठाउमा समन्वयन गर्ने गरेका छौ ।” अध्यक्ष चापागाईंले भने, “घास खेति गर्ने किसानलाई सहजीकरण गर्नु हाम्रो कर्तब्य हो ।”
घाँस खेति मात्र नभई कृषि क्षेत्रमा अनुदान बास्तबिक किसान सम्म पुग्न नसकेको दुग्ध विकास बोर्डका केन्द्रिय भगिरथ तिमिल्सेनाले बताए ।

“अनुदानमा एकद्वार प्रणाली भए मात्र प्रभावकारी हुन्छ ।”

“सरकारले संचालन गरेका अनुदानका कार्यक्रम कृषक मैत्री छैनन् ।सरकारी निकायले किसानलाई ब्यबसायी बनाउने बारेमा सोचेकै छैन । परिणाम मुखी योजना सराकरी निकाय संग छैन ।” उनि भन्छन, “अनुदानमा एकद्वार प्रणाली भए मात्र प्रभावकारी हुन्छ ।” उनले उत्पादनको परिणाम र क्षेत्रफलको आधारमा अनुदान दिदा परिणाममुखी हुने बताए ।
भरतपुर महानगरले घाँस खेती गर्ने व्यवसायिक किसानको तथ्याङ्क संकलन कार्य गरिरहेको छ । भेटेनरी शाखा प्रमुख मेघराज ढकालका अनुसार महानगरले ब्यबसायिक घाँस खेति र पशुपालक कृषकका लागि निशुल्क घाँसको बिउ वितरण गरिरहेको छ । महानगरका ८ वटा इकाई मार्फत जै घाँस ६३ कुइण्टल निशुल्क वितरण गरिएको छ । यस बर्ष महानगरले ५० हजार सेट सुपर नेपीयर वितरण गर्ने कार्यक्रम राखेको छ । ५० कुइण्टल बर्खे सिजनल घाँस मकैचारीको बिउ वितरण गरिने छ ।

LEAVE A REPLY