खप्तड र हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध

0
307

डोटी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रय निकुञ्जमा बुधबार रातिदेखि हिमपात सुरु भएको छ ।

Advertisements

बुधबार रातिबाट हिमपात भैरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरु गोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले बताए । उनले भने , ‘बुधबार साँझदेखि नै अत्याधिक चिसो छ । बेलाबेला हिमपात पनि भैरहेको छ, बाक्लो हिमपात हुने सम्भावना छ ।’

उनका अनुसार बुधबार राति त्यहाँको तापक्रम माइनस चार डिग्रीसम्म झरेको थियो । यसअघि दुई हप्ताअघि पनि खप्तडमा हल्का हिमपात भएको थियो । यस वर्ष खप्तडमा दोस्रो पटक हिमपात भएको हो ।

हुम्लामा फेरि हिमपात : हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

त्यस्तै कर्णाली प्रदेशकाे हुम्लामा दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ ।

पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीबार बिहान ६ बजेबाट हिमपात सुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।

LEAVE A REPLY