धादिङमा जिप दुर्घटना, नाै जना घाइते

0
177

धादिङ । धादिङको ज्वालामूखी गाउँपालिका ४ ढोला सुनखानीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

Advertisements

धादिङबेसीबाट ढोला जादै गरेको बा २० च ७२५६ नम्बरको जिप ब्रेक नलाग्दा पछाडी गुडेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

दुर्घटनामा गम्भीर घाइते ज्वालामुखी गाउँपालिका ४ का ५८ वर्षीया कृष्णकुमारी अर्याल, ६५ वर्षीय योगेश अर्याल, ५९ वर्षीया राधिका अर्याल, ५० वर्षीय रामबहादुर अर्याल र भारत घर भएका नेम अन्सारीलाई थप उपचारका लागि काठमाडौ लगिएको हो । अन्य ४ जना घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY