चितवनमा चिसो बढ्यो

0
150

चितवन । चितवनमा आज चिसो बढेको छ । भरतपुर विमानस्थलका अनुसार भरतपुरमा आजको न्यूनतम तापक्रम ९ डिग्री सेन्टिग्रेड र अधिकतम तापक्रम १६ डिग्री सेन्टिग्रेड पुगेको छ । चितवनसँगै आज देशभर नै जाडो बढेको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातसँगै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisements

LEAVE A REPLY