चितवनमा पत्रकारहरुलाई मोवाईल जर्नारिजमको तालिम

0
147

चितवन । पत्रकारितामा नवीनता ल्याउनका लागि नेपाल पत्रकार महासंग चितवनले पत्रकारहरुलाई मोवाईल जर्नारिजमको तालिम दिएको छ । सुचनाको माध्यम मानिने मोवाईलबाट कसरी पत्रकारीता गर्न सकिन्छ ? उत्कृष्ठ भिडियो रिपोर्टीङ क्यामरा विना पनि कसरी गराउन सकिन्छ ? भन्ने विषयमा चितवनमा भएका पत्रकारहरुलाई २ दिनको तालिमको आयोजना गरिएको हो ।

Advertisements

आज (शुत्रबार) बाट सुरु भएको तालिममा चितवनका ३८ जना पत्रकारहरुको सहभागिता रहेको थियो भने खोज पत्रकार केन्द्रका प्रतिनिधि राम सापकोटाले प्रशिक्षण दिनुभएको छ ।

मोजो तालिमबाट सर्वसाधारणले छिटो सुचना पाउने र प्रभावकारी समेत रहने उनको भनाई छ । महासंघको आफ्नै खर्चमा आयोजना गरिएको यो तालिमबाट चितवनको पत्रकारीतामा छुट्टै आयाम आउने पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको विश्वास छ ।

LEAVE A REPLY