चितवनका एकै दिन सवारी दुर्घटना बाट ३५ जना घाइते

0
119

चितवन । चितवनमा आज भएका छुट्टाछुट्टै तीन दुर्घटनामा ३५ जना घाइते भएका छन् । चितवनको राप्ती नगरपालिका र इच्छाकामना गाँउपालिका स्थित राजमार्गमा सवारीसाधन आफै अनियन्त्रित भई दुर्घटनामा परेका हुन् । चितवनको इच्छाकामना गाँउपालिका ४ कुरिनटारमा चारवटा सवारीसाधन एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।

Advertisements

फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ ज ८३२८ नम्वरको म्याजिक विपरित दिशावाट जाँदै गरेको बा २१ च ३०३९, बा ६ च ८३४५ नम्वरको स्कारपियो र ना १ ज ८००५ नम्वरको म्याजिक एक आपसमा ठक्कर खाएका हुन । सो दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घाइते सबै म्याजिकमा सवार थिए । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरु सबैको अवस्था मध्यम छ । चारवटै सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा छन् ।

LEAVE A REPLY