डेमोक्राटिक सोसाइटि ट्याङ्लाफाँटले गर्यो कबिता प्रतियोगिता

0
226

काठमान्डौ । डेमोक्राटिक सोसाइटि ट्याङ्लाफाँट किर्तिपुरको आयोजनामा भएको अन्तर माबि स्तरिय कबिता प्रतियोगितामा प्रतिभा शर्मा प्रथम भएकी छन् । बिद्यार्थीहरुको अन्तर निहित प्रतिभाको प्रष्फुटन तथा सिर्जनात्मक क्षमताको अभिबृद्धि गर्न डेमोक्राटिक सोसाइटीले कार्यक्रम आयोजना गरेको हो । ८ बिद्यालयका १३ बिद्यार्थीले भाग लिएको प्रतियोगितामा लेवरोटरी माबि किर्तिपुरकि शर्मा प्रथम हुदाँ सोहि बिद्यालयका जलदिप सापकोटा द्धितीय भए । त्यस्तै पुष्प सदन माबि कि भावना केसी तृतीय र जनपथ माबि कि प्रनिता केसीले सान्त्वना स्थान हासिल गरिन् । प्रतियोगीले ‘मेरो सपनाको नेपाल र समुन्नत नेपाल’ः सुखी नेपाली’ शिर्षकमा कविता वाचन गरेका थिए । प्रतियोगितामा बिजयी हुने प्रथम, द्धितीय, तृतीय र सान्त्वनाले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार प्राप्त गरे । कार्यक्रममा सांसद राजेन्द्र कुमार केसी, वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई लगाएत को उपस्थिति थियो ।साहित्यकार डा साधन प्रतिक्षा, ज्ञानु अधिकारी, राम प्रसाद भट्टराई निर्णायक रहेका थिए । कार्यक्रममा डेमोसको पुर्व उपाध्यक्ष कपिलमणी ज्ञवाली, मुकुन्द लामिछाने लगाएतले बोलेका थिए ।
कार्यक्रम डेमोसका अध्यक्ष प्रा डा प्रेम नारायण अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Advertisements

LEAVE A REPLY