प्रधानमन्त्रीद्वारा कलाकार भट्टराई र क्षेत्रीको निधनप्रति दुख व्यक्त

0
154

काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सोमबार बिहान प्रधानमन्त्री ओलीले ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

Advertisements

ट्वीट गर्दै उनले भनेका छन्,‘गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौं। उहाँहरूको कला सधैं हाम्रो स्मृतिमा रहनेछ।’

प्रधानमन्त्री ओलीले दिवंगत परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। अध्यक्ष भट्टराईको गएराति हृदयघातको कारण निधन भएको हो भने कलाकार क्षेत्रीको भने शनिबार निधन भएको थियो।

LEAVE A REPLY