बन्ने भयो अरुण मुसहरको घर, अरुणले न्यानो घर पाउदै

0
341

चितवन ०१ पुष । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अभिभावकत्व ग्रहण गरेका अरुण मुसहरको घर बन्ने भएको छ । अरुणको घर नेपाली कांग्रेसका युवा नेता दिनेश कोइराला दिनेश कोइरालाको पहलमा बन्न लागेको हो । कोइराला र उनका अन्य साथीहरु मिलेर अरुणको घर लागेका हुन् । अरुणको घरको अवस्था देखेर दिनेश कोइराला लगाएत उनका अन्य साथीहरुले गत मङ्सिर २८ गते अरुण सहित अन्य ५ परिवारलाई लत्ता कपडा, सिरक डसना सहित खाद्यान्न सहयोग गरेका थिए । कोइरालालाई मङ्सिर २७ गते भरतपुर महानगरपालिका वडा न २७ ले अरुण मुसहरको घर बनाइदिन स्वीकृत दिएको थियो । “आज बाट घर निर्माण गर्न लागिएको छ ।” स्थानीय भुमि काफ्लेले संकल्प पोष्ट संग कुरा गर्दै भने, “घर बनाउन पुरानो छाप्रो भत्काउने काम भएको छ । १ दिने घरको लागि निर्माण सामग्री तयारी अवस्थामा छ ।”

अरुणको घर बनाउन लागेका दिनेश कोइरालाले अरुणको घर आज बाट निर्माण सुरु गरि ३ दिनमा निर्माण सम्पन्न हुने बताए ।

Advertisements

“मुसहर परिवारको आफ्नै जग्गा छैन । सार्वजनिक जग्गामा उनीहरु बसेका छन् । मानिस बस्न लायक छाप्रो छैन, अरुणको परिवार बसेको छाप्रोले न चिसो छेक्छ, न वर्षा नै छेक्छ’ कोइरालाले भने, “उनको अवस्था देखेर मन भावुक बन्यो, मेरो पहलमा केहि अन्य साथिहरुको सहयोगमा घर बनाउन लागेका हौ ।” अरुणका छिमेकी अन्य मुसहर परिवारका लागि पनि आगामी दिनमा घर बनाइदिने दिनेशले बताए ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २७ दोद्रेनीमा अरुणको परिवार छाप्रोमा बसिरहेको छ ।

LEAVE A REPLY