चितवनले पोखरा पल्टनलाई ६ विकेटले हरायो

0
144

चितवन । पोखरा प्रिमियर लिगमा साविक उपविजेता चितवन राइनोजले जितका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले हरायो । पोखराको प्रतियोगितामा पहिलो हार हो ।

Advertisements

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा एक सय सात रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

खराव सुरुवात गरेको पोखराले मात्र ५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि १९ रनमा दोस्रो विकेट खेर फालेको पोखराले ५० रन बनाउँदा चार विकेट झार्न पुग्यो । उसका ओपनर कुशल भुर्तेल जसले पहिलो खेलमा अर्धशतक बनाएका थिए उनी मात्र पाँच रनमा आउट भए ।

त्यसपछि आसिफ शेखपनि १० रनमा आउट हुँदा रवीइन्दर सिंहपनि १० रनमा नै पेभेलियन फर्किए । त्यसपछि विनोद भण्डारी सात रनमा आउट हुँदा पोखराको पारी संकटमा परेको थियो । त्यसपछि क्रिजमा आएका रोहित पौडेलपनि खाता खोल्न नपाउँदै रनआउट भए ।

पोखराका खेलाडी विच दरिलो साझेदारी हुन नसक्दा उसले ९२ रनमा ६ विकेट खेर फाल्यो । पोखराको पारीलाई सम्हालेका कप्तान शरद भेषवाकर ४५ रनमा पेभेलियन फर्किएपछि उसले सातौ विकेट गुमायो । बलिङमा चितवनका सन्नी पटेलले दुई तथा रोहन मुस्तफाले पनि दुई विकेट लिए ।

जवाफमा चितवनले लक्ष्य पुरा गर्यो । उसका जितमा विदेशी खेलाडी बाबर हायातले उत्कृष्ट ब्याटिङ गरे । तर चितवनले सुरुवात भने राम्रो गर्न सकेन । मात्र दुई रनमा पहिलो विकेट गुमाएको चितवनले २६ रनमा दोस्रो तथा ४१ रनमा तेस्रो विकेट झार्न पुगेको थियो । त्यसपछि ५८ रनमा चौथो विकेट गुमाएको चितवनका लागि बाबर र सन्नी पटेलले पारी सम्हाले ।

चितवनका अनील शाहले खाता खोल्न सकेनन् भने रोहन मुस्तफा ११ रनमा आउट भए । यस्तै कप्तान पारस खड्का पनि मात्र चार रनमा पेभेलियन फर्किए । त्यसपछि आरिफ शेख एक रनमा आउट हुँदा चितवन केही दबावमा आएको थियो ।

तर बाबर र सन्नी पटेलको दरिलो साझेदारीले चितवनले सहज जित निकाल्यो । जसमा बाबरले ६६ रन बनाए भने सन्नीले २२ रनको योगदान गरे ।

LEAVE A REPLY