चितवनमा जाडो ह्वात्तै बढ्यो, जनजीवन प्रभावित 

0
186

चितवन । पश्चिमी वायुको प्रभावका कारणले चितवन सहित अन्य तराईका जिल्लामा चिसो बढेको छ ।

Advertisements

पश्चिम दिशावाट चलेको हावा संगै शितलहर चलेपछि आज दिउँसो देखि एक्कासि मौसममा व्यापक परिवर्तन भएर चिसो बढेको हो ।

आकस्मिक रुपमा मौसममा आएको परिवर्तन तथा पश्चिमी बायुको प्रभावले चिसो बढेपछि बृद्ध, वालवालिकाहरु प्रभावित बन्न थालेका छन् । यसै गरि गरिव तथा विपन्न वर्गका व्यक्तिहरु बढी मात्रामा प्रभावित हुन थालेका छन् ।

उता चिसोबाट  जोगिनका लागि तातो खाने कुरा तथा शरिर ढाक्ने गरि कपडा लगाउनका लागि चिकित्सकहरुले सुझाव दिएका छन ।

 

LEAVE A REPLY