अरुण मुसहरको घर बनाइदिन लाग्दा कोइरालालाई भरतपुर महानगरले रोक्यो

0
324

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले ) ३ बर्षसम्म वेवस्ता गरेको घर दिनेश कोइरालाले बनाइ दिइने भएपछि रोकिएको छ । प्रचण्डले अभिभावकत्व ग्रहण गरेर ३ बर्षसम्म वेवस्ता गरेका अरुण मुसहरको घर कोइरालाले बनाइ दिन लाग्दा भरतपुर महानगरपालिकाकी मेयर रेनु दहालको पहलमा रोकिएको हो ।

Advertisements

कोइरालाले भरतपुर महानगरपालिका वडा नं. २७ मुसहर टोल वस्ने राजु मुसहरका छोरा अरुण मुसहरको घर बनाई बासको व्यवस्था गरि दिनका लागि अनुमती पाउँ भनी वडा कार्यालयमा निवेन दिएका थिए । वडा कार्यालयले पनि मानविय कार्य गर्न लागेको भन्दै धन्यवादसहित घर निर्माणका लागि मंसिर २७ गतेका दिन अनुमति दिएको थियो ।

तर रेनु दहाल मेयर रहेकी भरतपुर महानगरपालिकाले पौष २ मा पत्र जारी गरि ५ वटै घर एकै साथ निर्माण गरिदिने भन्दै तीन दिन भित्र सम्पन्न हुने मसहरको घर निर्माणमा रोकिएको हो । महानगरपालिकाबाट आएको अनुगमन टोलीको निर्णय अनुसार उक्त मुसहर वस्तिका ५ वटै घर भरतपुर महानगरपालिकाबाट प्राविधिक लागत स्टिमेट अनुसार एकै साथ निमार्ण गरिदिने भएकोले आफ्नो योजना अनुसार काम रोकिदिन अनुरोध गरिएको पत्र महानगरले पठाएको कोइरालाले बताए ।

मुसहरको घर अन्य व्यक्तिले बनाइदिए प्रचण्डको छविमा नकरात्मक प्रभाव पार्ने देखिएपछि घर बनाउन रोकिएको बुझिएको छ ।

चीतवन कांग्रेसका नेता कोइराला र उनका अन्य साथीहरु मिलेर अरुणको घर बनाउन लागेका थिए । यसअघि कोइरालालाई मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं २७ ले अरुण मुसहरको घर बनाइदिन स्वीकृत दिएको थियो । अरुणको घरको अवस्था देखेर दिनेश कोइराला लगायत उनका अन्य साथीहरुले गत मंसिर २८ गते अरुणसहित अन्य ५ परिवारलाई लत्ता कपडा, सिरक डसना सहित खाद्यान्न सहयोग गरेका थिए ।

मुसहर परिवारको आफ्नै जग्गा छैन । सार्वजनिक जग्गामा उनीहरु बसेका छन् । मानिस बस्न लायक छाप्रो छैन, अरुणको परिवार बसेको छाप्रोले न चिसो छेक्छ, न वर्षा नै छेक्छ । भरतपुर महानगरपालिकाको वडा नम्बर २७ दोद्रेनीमा अरुणको परिवार छाप्रोमा बसिरहेको छ ।

नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत अध्यक्ष प्रचण्डले चितवनको मेघौलीमा अल्पसंख्यक समुदायका ९ वर्षीय अरुण मुसहर र साढे ४ बर्षीय पत्रुस माझीलाई स्थानीय साझापुर माध्यमिक विद्यालयमा भर्ना गराए अभिभावकत्व ग्रहण गरेका थिए । मेघौलीको यो क्षेत्र अल्पसंख्यक माझी, बोटे र मुसहरहरुको बाहुल्य रहेको क्षेत्र हो । मेघौली प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ । विद्यालय भर्ना गरिएका बालकहरुको शैक्षिक अवस्थाको बारेमा बेलाबेला जानकारी लिइरहने विश्वास दिलाएका थिए ।

LEAVE A REPLY