मिष्टर चितवनको अन्तिम अडिसन शनिबार हंगकंग बजारमा हुने

0
188

चितवन । चितवनमा मिष्टर चितवनको अडिसन चलिरहेको छ । रोयल क्याप्चर प्रालिको आयोजनामा मिस्टर चितवन २०१९ चलिरहेको आयोजकले जनाएको छ । अडिसनकै क्रममा आगामी शनिवार हंगकंग बजारमा फाइनल अडिसन हुनेछ । यस अघि मङ्सिर २१ गते सिजी ल्याण्डमार्क स्थित फुड प्लानेटमा पहिलो अडिसन र २८ गते शनिबार रोयल क्याप्चर हंगकंग बजारमा सम्पन्न भएको हो ।

Advertisements

चितवन र नवलपुर क्षेत्रका युवाहरुलाई लक्षित गरेर कार्यक्रम भैरहेको छ । अडिसनबाट २० देखि २५ जना युवालाई अघिल्लो राउण्डमा लैजाने तयारी भैरहेको संयोजक प्रज्ञा तिवारीले बताइन । अघिल्लो राउण्डमा विभिन्न व्यक्तित्व विकास सम्बन्धि तालिमको समेत व्यवस्था हुनेछ । संयोजक तिवारीका अनुसार युवाहरुलाई अवसरका साथै उर्नीहरुको व्यक्तित्व विकासमा टेवा पुग्ने गरि कार्यक्रम गरिएको हो । उनले भ्रमण बर्ष २०२० लाई प्रवद्धनको समेत उद्धेस्य रहेको बताइन् । मिस्टर चितवनको फाइनल सम्म पुग्ने ३ जनाले राष्ट्रिय स्तरको म्यानहन्ट नेपाल २०२० मा सिधै वाइल्ड कार्ड इन्ट्री पाउने इभेन्ट म्यानेजर संदेश गौतमले बताए । उनीहरुले नगद सहित एभरेष्ट फ्लिम एकेडेमी र निर्भाना फ्लिम स्कुलको तर्फबाट निशुल्क तालिम कक्षाको अवसर प्राप्त गर्नेछन् । साथै अन्तिम प्रतिस्र्पधीहरुले चितवन जिम हलबाट निशुल्क जिम सिकाई कक्षा समेतको अवसर प्राप्त गर्नेछन् ।

मिस्टर चितवनको अन्तिम अडिसनमा मिस्टर नेपाल २०१८ बिकल्प राज श्रेष्ठ, मिस्टर नेपाल २०१७ का फस्र्ट रनर अप तथा मिस्टर चितवन २०१७ आषिक ताम्राकार र कोरियोगा्रफर प्रज्ञा तिवारी निर्णायक रहनेछन् । अडिसनका लागि फर्म भर्न इच्छुकले फुड प्लानेट, स्नोक्स क्याफे र हेन्डसम पार्लरबाट फर्म भर्न सक्नेछन् । फर्म शुल्क रु १ हजार रहेको छ । चितवन र नवलपुरका इच्छुक हरुल यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

LEAVE A REPLY