भरतपुरमा प्याकेजिङ्ग मिट एण्ड फ्रुजन फुडको लागि सोसियल मिट एण्ड फुड संचालनमा आउदै

0
400

चितवन । प्याकेजिङ्ग गरिएको मासुजन्य एवं फ्रुजन फुडको लागि सोसियल मिट एण्ड फुड प्रालिले चितवनमा शाखा बिस्तार गर्ने भएको छ । पोखराको अपार सफलता संगै उपभोक्ताको मागलाई मध्यनजर गर्दै सोसियल मिटले चितवनमा शाखा बिस्तार गर्ने भएको हो । भरतपुर १० (सप्तगण्डकी क्याम्पस जाने बाटो ) बाट उपभोक्तालाई प्याकेजिङ्ग गरिएको मासुजन्य एवं फ्रुजन फुडको सेवा उपलब्ध गराउने संचालक दिपेन्द्र तिमिल्सेनाले बताए । पुष ६ गते फुड टेस्टिङ्ग कार्यक्रम गरि शाखा विस्तारको शुभारम्भ गरिने तिमिल्सेनाले बताए ।

तिमिल्सेनाका अनुसार प्याकेजिङ्ग गरिएको मासुजन्य एवं फ्रुजन फुडको अत्याधुनिक सुबिधा सहित चितवनमा नयाँ किसिमको ब्यबसाय गर्न लागिएको हो । बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्ने फ्रुजन फुड मार्फत भ्रमण बर्ष २०२० लाई प्रवद्र्धन गर्ने र सामाजिक दायित्वलाई समेत मध्यनजर गर्दै ग्राहकहरुलाई सेवा प्रदान गर्ने उनको भनाइ छ ।

सोसियल मिट एण्ड फुडमा मिट प्याकेज, सी फुड, फ्रुजन फुड, डेरी प्रोडक्ट, प्रोसेस मिट प्याकेज र ससेज लगाएत ३०० भन्दा बढी उत्पादनको बिक्रि वितरण गरिने अर्का संचालक बिक्रम ध्वज महतले बताए । उनका अनुसार स्वस्थ र स्वच्छताका आधारमा प्याकेजिङ्ग गरिएको मिट र फ्रुजन फुडको विदेशमा अधिक प्रचलनमा रहेकाले नेपालमा पनि अत्याधुनिक मिट एण्ड फुड संचालनमा ल्याउन लागिएको हो । बिश्वबिख्यात अमेरिकन ब्राण्ड ल्याम्ब वेस्टन कम्पनीको फ्रुजन फुड र नेदरल्याण्ड, जर्मनी, अस्ट्रेलियामा उत्पादन गरिएको माछा, मासु बिक्रि गरिने महतले बताए ।

Advertisements

३ जना युवा हरुको करिव ५० लाखको लगानीमा शाखा बिस्तार गर्न लागिएको हो । सोसियल मिट एण्ड फुड प्रालि पोखरामा करिव ५ बर्ष अगाडी बाट संचालनमा आएको थियो । उपभोक्ताको सहजताको लागि होम डेलिभरीको समेत व्यवस्था गरिने छ ।

LEAVE A REPLY