सत्यम स्कुलले जिल्ला स्तरिय प्रथम कराते प्रतियोगिता गर्ने

0
165

चितवन । सत्यम स्कुलले जिल्ला स्तरिय प्रथम कराते प्रतियोगिता गर्ने भएको छ । सितोरियो कराते संघको सहकार्यमा पौष ७ गते र ८ गते सत्यम स्कुल गौरिगञ्जमा कराते प्रतियोगिता गर्न लागिएको आज बिद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । ९ वटा तौल समूहबाट महिला र पुरुष गरि प्रतिस्पर्धा हुने बिद्यालयका प्रध्यानाध्यापक परशुराम पौडेलले बताए । २० केजी तौल देखि ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छन् । प्रतियोगितामा १३ वटा समूहले भाग लिने बिद्यालयले अपेक्षा लिएको छ ।
वातानुकुलित, प्रविधि मैत्री र सम्पूर्ण भौतिक संरचनाले भरिपुर्ण सत्यममा नेपाल सरकारको पाठ्याक्रमलाई आधार बनाउदै ब्यबहारिक अध्यापन हुने गरेको प्रध्यानाध्यापक पौडेलले बताए । “नेपालको सन्दर्भमा अहिले ब्यबहारिक ज्ञानको अभाव खड्किने शिक्षण पद्दति अवलम्बन हुदै आएको छ । सत्यम स्कुल प्रयोगात्मक शिक्षण सिकाइमा आधारित स्कुल हो ।” उनले भने,“हामी विद्यार्थीले गरि खाने शिक्षा चाहन्छौ ।”
३ घण्टाको परिक्षाबाट विद्यार्थीको सफलता मापन गर्ने मान्यतालाई हटाउदै दैनिक मुल्यांकन, आशिक परिक्षा र लेखाइ, प्रयोगात्मक र भाइभामा आधारित मुल्यांकन पद्दतीको विकास गरिएको पौडेलको भनाइ छ ।
‘गर्दै सिकिन्छ’ भन्ने मान्यता लिएर सत्यम स्कुल २०५४ सालमा स्थापना भएको थियो । समयानुकुल शिक्षण सिकाइ र ६० प्रतिशत प्रयोगात्मक बिधि बाट पढाइ हुने सत्यम स्कुल बिज्ञान र प्रबिधिले समेटियको विद्यार्थी मैत्री बिद्यालय हो । बिद्यालयमा अहिले ५६ विद्यार्थी अध्यनरत छन् ।

Advertisements

LEAVE A REPLY