माइती नेपाल चितवनले गर्यो ५ बर्षमा मानव बेचबिखन र जवरजस्ती करणीका २२ मुद्दा दर्ता

0
206

माइती नेपाल चितवनले गत ५ बर्षमा २२ मुद्दा दर्ता गराएको छ । जसमध्ये १३ मुद्दाको जिल्ला अदालत चितवनबाट फैसला भैसकेको आज माइती नेपालले चितवनमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

Advertisements

मावन बेचबिखन तथा महिला हिँसा मुक्त समाज निर्माणका लागि सामाजिक परिचालन परियोजना अन्तरर्गत चितवनमा संचालित ५ बर्षे परियोजनाले मानव बेचबिखन, ओसारपोसार र जवर्जस्ती करणी बिरुद्द चितवनमा माइती नेपालले काम संचालन गरेको थियो । परियोजना अन्तरर्गत २०१६÷०१७ मा मानव बेचबिखन तथा ओसारपोसारमा २ मुद्दा र जवरजस्ती करणीमा २ मुद्दा दर्ता गराएको थियो ।

माइती नेपालको तथ्याङ्क अनुसार २०१८ मा मानव बेचबिखन तथा ओसारपोसारमा २ मुद्दा र जवरजस्ती करणीमा ७ मुद्दा दर्ता गराएको थियो । २०१९मा भने १ मुद्दा मानव बेचबिखन तथा ओसारपोसारमा पेश गरिएको छ । बाँकी ८ मुद्दा जवरजस्ती करणीका छन् । फैसला भएका १३ मुद्दा मध्ये ८ मुद्दामा दोषी प्रमाणित गरि सजाय सुनाइएको छ । माइती नेपाल चितवनका संयोजक इश्वर गिरीका अनुसार अधिक ४० बर्ष जेल सजाय भएको छ । गिरीका अनुसार पछिल्ला ५ बर्षको अवधीमा माइती नेपालले चितवनमा ३ सय ९१ जनालाई बचावट गरेको छ । ३ सय ९७ लाई पुनर्मिलन गरिएको छ । माइती नेपालको चितवनमा रहेको बोर्डर चेक पोस्ट बाट १ हजार ६ सय २ जनालाई घर पठाइएको छ । “५ बर्षे अवधीमा ८३ जनालाई उद्दार गर्न सफल भएका छौं, मानव बेचबिखन, ओसारपोसार र जवर्जस्ती करणी बिरुद्द सवारी अनुगमनलाई तिब्र पार्यौ ।”, उनले भने, “३ हजार १ सय ९५ सवारी साधन अनुगमन गर्यौ ।”

“माइती नेपालले यातायात मजदुर तथा ब्यबसायीलाई मानव बेचबिखन बिरुद्द अभिमुखीकरण मार्फत सहकार्य गर्यौ । निरन्तर गस्ती गरि सडक छेउका होटल संग समेत सहकार्य गर्ने कार्यक्रम संचालन गर्यौँ ।” गिरीले भने, “मानव बेचबिखन, ओसारपोसार र जवर्जस्ती करणी बिरुद्द जन चेतना जगाउन बिद्यालयका विद्यार्थीलाई गरेको अभिमुखीकरण प्रभावकारी बन्यो ।”

माइती नेपालमा ५ बर्षमा मानव बेचबिखन, ओसारपोसार र जवर्जस्ती करणीका ५ सय १५ निवेदन दर्ता भए । जसमा २०१९ मा मात्रै १ सय ४८ निवेदन दर्ता भए । दर्ता भएका निवेदन बाट १ सय ५७ जना माइती नेपालको सम्पर्कमा आएका छन् । २०१५ मा घरेलु हिँसाका कुनै घटना दर्ता नभए पनि त्यसपछि २०१६ देखि १९ सम्म क्रमशः ४१, ४०, ३५, र ३० गरि १४६ निवेदन दर्ता भए । जस मध्ये ४५ निवेदनको समाधान गरिएको छ ।

LEAVE A REPLY