सोनिया गान्धीको ट्विटमा प्रधानमन्त्रीले रि ट्विट गरेपछी …..!

0
120

काठमाण्डौ । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले त्यहाँको नागरिकता विधेयककाबारे जारी गरेको भिडियो सन्देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डलबाट रिट्वीट भएको छ ।

Advertisements

सरकारले गरेको नागरिकता ऐन संशोधनको विरोधमा अहिले भारतभर प्रदर्शन भइरहेको छ । विरोधमा प्रदर्शनमा उत्रेका नागरिकमाथि भएको प्रहरी दमनमा शनिबारसम्म १६ जनाले ज्यान गुमाइसकेका छन् ।

दुवै सदनबाट पारित भएको नागरिकता ऐन संशोधन विधेयकको विपक्षी पार्टी भारतीय कांग्रेस, कम्युनिष्ट लगायतले सडकमा भइरहेको प्रदर्शनको समर्थन गरेका छन् ।

शुक्रबार कांग्रेस अध्यक्ष गान्धीले विधेयकको विरोधमा नागरिकले उठाइरहेको आवाजको भाजपा सरकारले सम्बोधन गर्नुपर्ने भिडियो सन्देशमा उल्लेख गर्नुभएको थियो ।

प्रधानमन्त्री ‌ओलीकाे ह्याण्डलबाट भएकाे रिट्वीट । अहिले याे रिट्वीट हटाइसकिएकाे छ ।
प्रधानमन्त्री ‌ओलीकाे ह्याण्डलबाट भएकाे रिट्वीट । अहिले याे रिट्वीट हटाइसकिएकाे छ ।

शिवम विज नाम गरेका ट्वीटर प्रयोगकर्ताले पोष्ट गरेको गान्धीको यही भिडियो सन्देश नेपालका प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्याण्डलबाट रिट्वीट भएको हो ।

प्रधानमन्त्रीको आधिकारीक ह्याण्डलबाट भारतीय सरकारले ल्याएको नागरिकता संशोधन ऐनको विरोध हुने गरी व्यक्त भएको सन्देश रिट्वीट भएपछि नेपालसँगै भारतमा समेत चर्चा भैरहेको छ । भारतका केही अनलाइन मिडियाले प्रधानमन्त्री ओलीको रिट्वीटलाई समाचारसमेत बनाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको ट्वीटरको पासवर्ड दुरुपयोग भएर यस्तो भएको हुन सक्ने भन्दै छानविन भइरहेको प्रतिकृया दिनुभएको छ ।
यसबारे भ्रममा नपर्न पनि उहाँले प्रष्ट पारिसक्नु भएको छ । प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट रिट्वीट भएको गान्धीको भिडियो सन्देश भने अहिले हटाइसकिएको छ ।

LEAVE A REPLY