प्याकेजिङ्ग मिट एवं फ्रोजन फुड्सका लागी सोसियल मिट एण्ड फुड्सको शाखा बिस्तार हुदै

0
174

चितवन । प्याकेजिङ्ग गरिएको मासुजन्य एवं फ्रोजन फुड्सको लागि सोसियल मिट एण्ड फुड प्रालिले चितवनमा शाखा बिस्तार गर्ने भएको छ । पोखराको अपार सफलता संगै उपभोक्ताको मागलाई मध्यनजर गर्दै सोसियल मिटले चितवनमा शाखा बिस्तार गर्ने भएको आज भरतपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । पुष ६ गते फुड्स टेस्टिङ्ग कार्यक्रम गरि शाखा विस्तारको शुभारम्भ गरिने छ । दिउसो ३ बजे देखि फुड्स टेस्टिङ्ग कार्यक्रम हुने छ । “नया उपभोक्तालाई नयाँ स्वाद र प्याकेजिङ्ग मिट एवं फ्रोजन फुड्सको बिस्तृत जानकारी दिन फुड्स टेस्टिङ्ग गरेर शाखा बिस्तार गर्न लागेका छौ। यसले चितवनमा नयाँपन दिने छ ।”प्रवन्ध निर्देशक राजेन्द्र तिमिल्सेनाले भने ।

प्याकेजिङ्ग गरिएको मासुजन्य एवं फ्रोजन फुड्स को अत्याधुनिक सुबिधा सहित चितवनमा नयाँ किसिमको ब्यबसाय गर्न लागिएको तिमिल्सेनाले बताए । बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्ने फ्रोजन फुड्स मार्फत भ्रमण बर्ष २०२० लाई प्रवद्र्धन गर्ने र सामाजिक दायित्वलाई समेत मध्यनजर गर्दै ग्राहकहरुलाई सेवा प्रदान गर्ने उनको भनाइ छ ।

“स्वस्थ र स्वच्छताका आधारमा प्याकेजिङ्ग गरिएको मिट र फ्रोजन फुड्सको विदेशमा अधिक प्रचलनमा रहेकाले नेपालमा पनि अत्याधुनिक प्रविधिमा आधारित मिट एण्ड फुड्स संचालनमा ल्याउन लागिएको हो ।” तिमिल्सेनाले भने, “स्थानीय एवं अन्तरास्ट्रिय बजारमा उत्पादन तथा प्रसोधन गरिएका विविध प्रकारका प्याकिङ्ग मिटहरु, सी फुड्स , फ्रोजन फुड्स , डेरी प्रोडक्ट, विभिन्न प्रकारका फ्रोजन भेजहरु र मःम लगाएतका ३०० भन्दा बढी बस्तुहरुको बिक्रि वितरण गरिने छ ।” बिश्वबिख्यात अमेरिकन ब्राण्ड ल्याम्ब वेस्टन कम्पनीको फ्रोजन फुड र नेदरल्याण्ड, हल्याण्ड, भियतनाम, भारत, थाइल्याण्ड र अस्ट्रेलियामा उत्पादन गरिएको माछा, मासु बिक्रि गरिने तिमिल्सेनाले बताए ।

३ जना युवा हरुको करिव ५० लाखको लगानीमा चितवनमा शाखा बिस्तार गर्न लागिएको हो । सोसियल मिट एण्ड फुडस् प्रालि पोखरामा करिव ६ बर्ष देखि संचालनमा छ । सुरुमा ५ लाखको लगानीमा सानो मासु पसल बाट सुरु गरेको सोसियल मिटको अहिले ३ करोड भन्दा बढीको पुजी रहेको छ । उपभोक्ताको सहजताको लागि होम डेलिभरीको समेत व्यवस्था गरिने छ ।

LEAVE A REPLY