इन्द्रपुरीको त्रिवेणी डेरीले रजत महोत्सव मनाउने

0
337

भरतपुर । भरतपुर महानगरपालिका वडा न ६ इन्द्रपुरी चोकमा रहेको त्रिवेणी दुग्ध उत्पादक सहकारीले आफ्नो रजत महोत्सव मनाउने भएको छ । विविध कार्यक्रम गरि गौरवमय रजत महोत्सव एवं २६ औं साधारण सभा भब्य रुपमा मनाउन लागिएको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो । अन्तर टोल विकास महिला हाजिरीजवाफ प्रतियोगिता, रक्तदान र सम्मान लगाएतका कार्यक्रम गरि रजत महोत्सव मनाइने सस्थाका अध्यक्ष बिष्णु प्रसाद देवकोटाले बताए । हाजिरीजवाफमा १३ टोलका महिला समूहको प्रतिनिधित्व रहने छ । भरतपुर महानगर ६ र ८ को केहि भाग त्रिवेणी डेरीको कार्यक्षेत्र हो । त्यस्तै महोत्सवमा उत्कृष्ट किसान, धेरै दुध उत्पादक किसान, नियमित भुक्तानी गर्ने किसान लगाएत ६ वटा विधामा किसानलाई सम्मान गरिने रजत महोत्सव मुल समारोह समितिका संयोजक निर्मल कुमार श्रेष्ठले बताए । रजत महोत्सव ११ गते सकिने छ ।
१६ लाख ३३ हजार शेयर पुँजी रहेको सस्थामा १ सय ८१ जना शेयर सदस्य छन् । २०५० चैत्र २८ गते देखि सुरु भएको डेरीमा तत्कालिन समयमा ३५ जना शेयर सदस्य थिए । १२० लिटर दुध संकलन बाट सुरु भएको डेरीले अहिले दैनिक २२ सय लिटर दुध संकलन गर्दै आएको छ । संकलित दुध ४० प्रतिशत स्थानीय बजारमा खपत हुने र बाकि अन्य सहरमा निर्यात हुने गर्दछ । डेरीमा पशु बिमा कार्यक्रमबाट १ सय ६२ किसानका ३ सय ३२ पशुको बिमा गरिएको छ । १७ हजार ५ सय शेयर पँुजीबाट सुरुवात भएको डेरीमा अहिले रु १७ करोड ८१ लाख ९३ हजार बरावरको पुँजी छ । सस्थामा ३ सय ८५ जना किसानले कारोबार गर्ने गर्दछन ।

Advertisements

LEAVE A REPLY