मृग कुञ्ज निर्वाचन घटना : नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण

0
110

चितवन । पूर्वी चितवनको बन उपभोक्ता समितिको निर्वाचन प्रक्रियाका क्रममा भएको कुटपिट घटना प्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस चितवनले आज एक बिज्ञप्ति जारि गर्दै नेकपाका कार्यकर्ताले निर्वाचन प्रक्रिया एकलौटि ढंग बाट गरेको र विवाद उत्पन्न भएको दाबि गरेको छ । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा एकलौटी ढंगको निर्वाचन प्रक्रिया पछि नेकपाका कार्यकर्ताले घरेलु हातहतियार प्रयोग गरि कुटपिट गरेको जनाइएको छ । कांग्रेसले उक्त घटनामा तरुण नेता प्रकाश घिमिरेलाइ पक्राउ गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिज्ञप्तिमा भनिएको छ “सरकारमा रहेको दल नेकपा यस्ता किसिमका अराजक गतिविधिमा लाग्नु लोकतन्त्रको उपहास हो नेकपा जिम्मेवार हुन जरुरि छ ।” कुटपिटमा परि नेपाली कांग्रेसका सदस्य चन्द्र कुमारी पौडेल,अर्चना रिमाल , सीता घिमिरे , उर्मिला लम्साल, प्रकाश घिमिरे गोमा गुरुङ लगाएत घाइते भएका छन् । घाइते मध्ये चन्द्रकुमारीको अवस्था गम्भीर रहेको बताइएको छ । उनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । बिज्ञप्तिमा पक्राउ परेका घिमिरेको रिहाइको माग गरिएको छ ।

LEAVE A REPLY