आज शेयर बजार घट्यो, ७२ करोड बढीको कारोबार

0
105

काठमाडौं ।साताको पहिलो र दोस्रो दिन लगातार उकालो लागेको शेयर बजारमा तेस्रो दिन मंगलबार सामान्य ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक २।३७ अंकले घटेर ११६६ अंकमा झरेको छ ।

Advertisements

मंगलबारको बजारमा कूल ७२ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दिनभर कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टस्को १० करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसको शेयर मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ रहेको छ । त्यस्तै, नागरिक लगानी कोषको ८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

बजारमा चार कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेकाके छ । सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९।८९ प्रतिशतले वृद्धि भएको छ । कञ्चन डेभलपमेन्ट बैंकको ९।५७, पाँचथर पावर कम्पनीको ९।४३ र छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ९।४१ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY