काठमाडौंको तापक्रम १ डिग्रीभन्दा कम (यस्तो छ ३ दिन सम्मको मौसम पूर्वानुमान )

0
161

काठमान्डौ । देशैभरि चिसो बढ्ने क्रम जारी छ। काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल झरेको छ।

Advertisements

बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०।९ डिग्री सेल्सियस मापन भएको छ।

जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ भने डडेल्धुरामा १।७, सर्खेतको २, दीपायलको ३।५ र पोखराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १० गते (बिहिबार)

दिउँसो : देशका पूर्वी र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक वदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पौष ११ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पौष १२ गते (शनिबार)

दिउँसो : देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

LEAVE A REPLY