अदालतभित्र बलात्कारको अभियोगी सिद्धबाबाको बयान, बाहिर भजनकिर्तन

0
150

काठमान्डौ । आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियो लागेका (सिद्धबाबा भनिने कृष्णबहादुर गिरी माथि जिल्ला अदालत सुनसरीमा थुनछेक बहस चलिरहेको छ।

Advertisements

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा उनको थुनछेक बयान चलेको श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले जानकारी दिए।

सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लगाउँदै बिहिबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

सिद्धबाबालाई शुक्रबार अस्पतालको आइसियुबाट शुक्रबार अदालतमा उपस्थित गराइएको थियो।

बिरामी भएको भन्दै उनी विराट नर्सिङ होममा बसिरहेका थिए। उनी विरूद्ध बलात्कारको जाहेरी परेपछि मंसिर १६ गते अस्पतालको आइसियूबाटै पक्राउ परे। प्रहरीले अनुसन्धान पनि उनलाई अस्पताल राखेरै गरेको थियो।

अदालतबाहिर भजन किर्तन

श्रेस्तेदार न्यौपानेका अनुसार अदालतभित्र उनको बयान चलिरहँदा बाहिर भने उनका अनुयायीहरूले प्रदर्शन गरिरहेका छन्। सिद्धबाबाको जय हो, सिसाको घरमा बस्नेले अर्काको घरमा ढुंगा हान्न हुन्न,जस्ता नारा लगाउँदै उनका भक्तजनहरूले अदालतबाहिर प्रदर्शन गरेका हुन्। उनका कतिपय भक्तजनले केहीबेर अघिसम्म भजनकिर्तनपनि गरेका थिए। उनीहरूले सीतारामको जाप संगै भजन कृतन गरेका हुन्।

प्रदर्शन भएकाले अदालत परिसरमा प्रहरीले कडा सुरक्षा घेरा बनाएको छ।

LEAVE A REPLY