साना बिधुत ब्यबसायीको एउटै स्वर : ‘हामीलाई सरकारले मारमा पार्यो’

0
182

नवलपुर । नवलपुर विधुत व्यवसायी संघ नवलपुरको प्रथम साधारण-सभा नवलपुर को देभाचुलीमा सम्पन्न भएको छ । बिधुत ब्याबसायिक ले आफुहरु जोखिम मोलेर भय पनि ग्राहकको सेवा दिने गरेको नेपाल विद्युतिय महासंघ अध्यक्ष सुदर्शन प्रसाद पौडेलले बताउनु भएको छ । “बिधुतको काम जटिल छ, तर पनि संयमीत यर सेवा दिने गरेका छौ । आफुहरु बिदेसी समान भन्दा स्वदेसी समान प्रयोग गर्नु पर्छ र यसले राज्यलाइ समेत सहयोग छ ।” पौडेलले भने, “साना बिधुत ब्यबसायीहरु नेपाल सरकारले लगाउने गरेको करको मारमा पर्ने गरेका छन् । साना साना बिधुत ब्यबसायी समान बिक्रि बितरण समेत सरकारले मारमा पारेको छ ।”
सो कार्यक्रम को सहजीकरण सुजन अधिकारी ले गर्नु भएको थियो । कार्यक्रममा नवलपुर विद्युत व्यवसायी संघ नवलपुरले एक हप्ता अगावै गैडाकोटमा आगलागिबाट ईलेक्ट्रोनिक्स पसल जलेर नष्ट भएको थियो त्यसैलाई मध्यनजर गर्दै जिल्ला संघ नवलपुर र महासंघले आर्थीक सहयोगको रुपमा ३५००० हजार वितरण गरेको थियो । कार्यक्रमको अध्यक्षता नवलपुर विधुत व्यवसायी संघ नवलपुरका अध्यक्ष पूरुषोत्तम भुसालले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा नेपाल विद्युतिय महासंघ अध्यक्ष सुदर्शन प्रसाद पौडेल रहनुभएको थियो ।
त्यस्तै विशेष अतिथीको रुपमा नेपाल विधुतिय महासंघ प्रदेश नम्बर ४ का संयोजक राजेन्द्र कार्की, नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ महा-सचिव छवि कंडेल, कार्यक्रमका प्रमुख प्रायोजक अमृत भुसाल रहनुभएको थियो । कार्यक्रममा गैडाकोट देखि दुम्कीबास सम्मका ईलेट्रोनिक्स पसलको व्यवसायीक गर्ने व्यवसायहरुको उपस्थिती रहेको थियो । विविध कार्यक्रमहरु गरि नवलपुर विधुत व्यवसायी संघ नवलपुरको प्रथम साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ ।

LEAVE A REPLY