ओली सरकार कानून संशोधन गरेर संघीयता मास्न उद्दत : काँग्रेस सभापति देउवा

0
129
Nepali Congress President candidate Sher Bahadur Deuba waves during the election in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

जनकपुरधाम । नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस एकजुट हुनुको विकल्प नरहेको बताउनु भएको छ । धनुषाको सबैलामा शनिबार नेपाली काँग्रेस सत्याग्रही नेता बलराम नायकको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रमाथि संकट देखिएकोले पार्टी एकजुट हुनुको विकल्प नरहेको प्रष्ट पार्नु भएको हो ।

Advertisements

’केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको छ,कानुनहरु संशोधन गरेर संघीयता मास्न खोजेको छ,’ देउवाले भन्नुभयो,’अहिले पार्टी एकजुट हुनुपर्दछ, कांग्रेस एकजुट भए कसैले केही गर्न सक्दैन।’ लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँको जिकिर थियो ।

कम्युनिष्ट सरकारले हरेक आयोग गठनमा पनि एकलौटी गरेको देउवाको आरोप छ । हरेक आयोगमा एकलौटी गरेर ओली नेतृत्वको सरकारले शाही आयोग बनाउन खोजेको पनि उहाँको आरोप छ । कार्यक्रममा नेपाली काँंग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाउनु भयो ।

सरकार सबै अधिकार सिंहदरबारमा राखेर आम नागरिकको लोकतान्त्रिक अधिकार खोसेर सर्वसत्तावाद लाद्न खजिरहेको उहाँको जिकिर छ । मधेशी जनतालाई सुन्नै नसक्ने ओली सरकारविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, फरमुल्ला मंसुर, महेन्द्र यादव, रामकृष्ण यादव, रामसरोज यादव लगयातका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

LEAVE A REPLY