कांग्रेसमा पौडेल पक्षको छुट्टै भेला, सभापति देउवाले बहुमतको दम्भ देखाएको आरोप

0
117

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले छुट्टै भेला गरेको छ । केन्द्रीय कार्यसमिति बैठकको बहुमतबाट संस्थापनले कार्यतालिकासहित पार्टीको १४ औं महाधिवेशनको मिति तय गरेपछि त्यसबारे रणनीति बनाउन बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाएको हो ।

Advertisements

महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा भएको बैठकमा सभापति शेरबहादुर देउवाले आफंै बहुमतिय प्रक्रियाबाट निर्णय गरेपछि त्यसविरुद्ध उत्रने पौडेल पक्षले चेतावनी दिएको छ ।

पौडेल पक्षको बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेको निष्कर्ष पनि निकालेको छ ।

बहुमतका नाममा पार्टीको विधि विधान उल्लंघन गरेर निर्णय आएको भन्दै उक्त निर्णय नमान्ने उनीहरूको धारणा छ ।

बरिष्ठ नेता पौडेलले महासमिति बैठकपछि संशोधन गरिएको पार्टी विधानको धज्जी उडाउने काम सभापति देउवाबाट भएको आरोप पनि लगाए ।

महामन्त्री शशांक कोइरालाले पार्टीभित्र एकतामा जोड दिँदै बहुमतबाट गरिएको निर्णयले पार्टीलाई कमजोर बनाउने बताए ।

नेता प्रकाशमान सिंहले सभापति देउवा पक्षले बहुमतको दम्भ देखाएको आरोप लगाए ।

शुक्रबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट समूहको अनुपस्थितिबीच बसेको केन्द्रीय समिति बैठकले २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्नेगरी मिति घोषणा गरिसकेको छ ।

बैठकले केन्द्रीय विभागहरु थप्ने निर्णय गरेको छ । भातृसंगठन तरुण दलको म्याद ६ महिना थपेको छ । तर यी निर्णयहरु असन्तुष्ट पक्षले नमान्ने तथा बहिष्कार गर्ने बताउँदै आइरहेको छ ।

LEAVE A REPLY