मैले प्रमाणित गर्न अब केही बाँकी छैन : राेनाल्डाे

0
14

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफू र आफ्नो वर्तमान अवस्थाबारे बोल्दै आफूले प्रमाणित गर्न अब केही बाँकी नरहेको बताएका छन् ।

रोनाल्डोले आफूले अहिलेसम्म जितेका सबै उपाधिहरुले आफूलाई खुसी दिएकाे पनि बताए । ‘म सँग केही गोप्य कुरा र आश्चर्यलाग्दो कुराहरु छैन’, रोनाल्डोले ग्लोब सकर अवार्ड कार्यक्रममा बोल्दै भने ।

‘जब तिमी च्याम्पियन हुन्छौँ, तिमी सँधै जित्छौँ, कडा मिहेनत र त्यागबिना कसैले पनि उपाधि जित्न सक्दैनन्’, रोनाल्डोले थपे ।

‘मलाई लाग्दैन कि मैले प्रमाणित गर्न केही बाँकी छ, म सँधै नयाँ कुरा सिक्न तथा आफैँलाई राम्रो बनाउन प्रयासरत छु । च्याम्पियन्स लिग जित्नुभन्दा ठूलो खुसी कतै भेटेको छैन’ रोनाल्डोले भने ।

रोनाल्डोले आफूले फुटबलबाट सन्यास लिएपछि प्रशिक्षक बन्ने बारे योजना नबनाएको भन्दै आफू अंग्रेजीमा सुधार गर्न र सन्यासपछि फिल्म बनाउन चाहेको बताए ।

म फुटबलबाट सन्यास लिए पछिको नयाँ योजनाको बारेमा सोच्ने गर्दछु । फुटबलबाट सन्यास पछि म आफ्नो अंग्रजी भाषामा सुधार गरी फिल्म बनाउन चाहान्छु’ रोनाल्डोले भने ।

LEAVE A REPLY