शीतलहरका कारण धनुषाका सामुदायिक विद्यालय ६ दिन बन्द

0
220

धनुषा । तराई मधेशमा अत्याधिक बढदै गएको शीतलहर र जाडोका कारण धनुषामा ६ दिनका लागि विद्यालयहरु बन्द गरिएका छन् ।

Advertisements

शीतलहर र कठ्याग्रिदो चिसोका कारण स-साना बालबालिकाहरुलाई विद्यालय जान कठिनाइ भइरहेको भन्दै शिक्षा विकास तथा समन्वय इकाईले मंसिर १३ गतेदेखि १८ गतेसम्म ६ दिनका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

इकाई प्रमुख बरखु प्रसाद रजकले सञ्चारकर्मीसँग कुरा गर्दै पुस १ गतेदेखि नै अत्यधिक चिसो भएकाे र घाम नलागेका कारण विद्यार्थीहरुको संख्यामा कमी हुन थालेपछि महिनाको मध्यमा आएर ६ दिनका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनुभयाे ।

यसैबीच निजी विद्यालयका संघ संगठनहरुले पनि १४ गतेदेखि १६ गतेसम्म ३ दिनका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

निजी विद्यालयका प्याबसन र एनप्याबसन सहितका संघ संगठनहरुले जाडोमा विद्यार्थीहरुलाई विद्यालय आउन समस्या भइरहेको भन्दै संयुक्त रुपमै तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

तराई मधेशका अधिकांश जिल्लाका पालिकाहरुले जाडोलाई मध्यनजर गर्दै धमाधम विद्यालय बन्द गर्दै आएकोमा धनुषामा भने अत्यधिक जाडो बढेको १३ दिन बितिसक्दा पनि विद्यालय बन्द गर्ने निर्णय भएकाे थिएन ।

अहिले भने शिक्षा विकास तथा समन्वय इकाई समितिले नै विद्यालय बन्द गर्ने निष्कर्षमा पुगेको हो ।

NO COMMENTS

LEAVE A REPLY