चितवनमा मेलमिलाप दिवस ः “आन्तरिक कलहले मेलमिलाप नितिलाई फरक अर्थ दियो”

0
249

चितवन । नेपाली कांग्रेस एवं कांग्रेसका भात्रृ र सुभेच्छुक संस्थाले आज बिविध कार्यक्रम गरि ४४ औं मेलमिलाप दिवस मनाएका छन् । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आइएको छ । यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गरी ४४ औँ मेलमिलाप दिवस मनाइएको छ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । यसै बीच चितवनमा पनि बिबिध कार्यक्रम गरि मेलमिलाप दिवस मनाइएको छ ।
चितवनमा भएको कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य धनराज गुरुङ्गले कांग्रेसको पछिल्लो गतिबिधि र किचलो बिपीको मेलमिलापको नीति बिपरित रहेको बताएका छन् । उनका अनुसार कांग्रेस नेताहरुले आफ्नो पदका लागि रस्साकस्सी गर्दा बिपीको मेलमिलापको नीतिलाई बेवास्ता गरिरहेका छन् । सबै पार्टी र सिंगो राष्ट्रलाई नै एकताबद्द बनाएर नेतृत्व गर्नु पर्नेमा कांग्रेस आन्तरिक कलहमा रुमलिएको उनको भनाइ छ । Image may contain: Dinesh Koirala

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य दिनेश कोइरालाले बिपीको मेलमिलाप नीतिलाई शब्दमा मात्र बुझेपनि भावमा बुझ्न नसकेको बताए । अहिलेको नेतृत्व मेलमिलाप नीतिका सन्दर्भमा चुक्दै गएको र कांग्रेस भित्रको किचलोले मेलमिलापलाई भागवण्डाको संज्ञा दिन थालेको उनको भनाइ छ । दुईतीन जना नेताको निजी स्वार्थ मिल्दैमा त्यसलाई मेलमिलाप भन्न नसकिने उनको तर्क छ ।

Advertisements

कार्यक्रममा नेपाली कांग्रेस चितवनका पूर्व पार्टि सभापति, अगुवा नेता लगाएत बोलेका थिए । कार्यक्रम कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठको सभापतित्वमा भएको थियो ।
दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका वीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
तर स्वदेश फर्केका वीपी, गणेशमान लगायतलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै पक्राउ गरी सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

LEAVE A REPLY