उखु किसानको आन्दोलनप्रति सरकार मौन रहेको भन्दै विरोध

0
132

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले उखु किसानको आन्दोलन सम्बोधन गर्न सरकार गम्भीर नभएको जनाएका छन् ।

Advertisements

चेतावनी

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा कांग्रेस सांसद प्रकाश पन्थ र अनिता देवकोटाले उखु किसानको आन्दोलनप्रति सरकार मौन रहेको भन्दै विरोध गरेका हुन् ।

उनीहरुले उखु किसानका समस्या तत्काल समाधान नगरे आन्दोलनमा कांग्रेस पनि सहभागी हुने चेतावनी दिए ।

सरकारको जवाफ माग

यस्तै, उनीहरुले ‘एमसीसी’ परियोजना र सीमा विवादका विषयमा सदनमा सरकारको जवाफ माग गरे ।

सांसद देवकोटाले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग तत्काल वार्ता गर्न र सीमा विवाद समाधान गर्न सरकारसँग आग्रह गरिन् ।

स्पस्ट पार्न माग

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद शेरवहादुर कुँवरले एमसीसीबारे मन्त्री र सत्तारुढ दलकै नेताबाट फरक–फरक धारणा आइरहेको भन्दै परियोजना स्वीकार गर्ने कि नगर्ने स्पस्ट पार्न माग गरे ।

रेशम चौधरीको निर्वाचन क्षेत्रको बजेट निकासा गर्न माग

यस्तै, सांसद कमलाकुमारी ओलीले जेलमा रहेका कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद रेशम चौधरीको निर्वाचन क्षेत्रको बजेट निकासा गर्न माग गरिन् ।

निजगढ विमानस्थल निर्माणको काम सुरु गर्न माग

अर्का सांसद रमेशप्रसाद यादवले उखु किसानका समस्या समाधान गर्न र निजगढ विमानस्थल निर्माणको काम तत्काल सुरु गर्न माग गरे ।

ट्याक्सीचालकबाट ठगिएको गुनासो

सांसद नन्दा चपाइँले आफू काठमाडौंमै ट्याक्सीचालकबाट ठगिएको भन्दै गुनासो गरिन् ।

LEAVE A REPLY