एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न उर्दी, आदेश नमान्ने मल्लको चेतावनी

0
89

काठमाडौं । चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ ।

Advertisements

सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई बुधबार साँझ प्रदेश प्रहरीे कार्यालय हेटौंडाले १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको हो ।

प्रहरी कार्यालय हेटौंडाले पठाएको पत्रमा भनिएको छ ‘हालसम्म पनि सरुवा भएको दरवन्दीमा रवाना गरेको जानकारी नआएकाले प्रनाउलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको रवाना गरी जानकारी दिन निर्देशानुसार अनुरोध ।

’मल्लसहित २४ एसपीको पुस ४ गते सरुवा भएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मल्लको सरुवा भएको थियो।
१२ घण्टे अल्टिमेटमको आदेश नमान्ने चितवनका एसपी मल्लको चेतावनी
चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएपनि आफुले चितवन नछाड्ने बताएका छन् ।आफुलाई यस सम्बन्धि पत्र आएको बताउदै उहाले आफु चितवन प्रहरीकै हैसियतमा रहेको बताए ।

अहिले पनि आफु भीआइपीको सुरक्षामा रहेको बताउदै उहाले आफ्नो काम नसकी जिल्ला छोड्नु भन्ने आदेश पालना नगर्ने चेतावनी दिए ।

LEAVE A REPLY