जिप कर्णालीमा खस्यो, चारजनाको मृत्यु, चार घाइते, एकजना बेपत्ता

0
103

कैलाली । बाजुराको हिमाली गाउँपालिका–७ मा एक यात्रीवहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।

Advertisements

एकजना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

से१ज १०६४ नम्बरको बोलेरो जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।

गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टीतर्फ जाँदै गरेको जिप नदीमा खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये जिपमालिकसमेत रहेका चालक बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीका २५ वर्षीय रमेश शाहीको मात्र सनाखत भएको छ ।

घाइतेहरुको कोस्टीस्थित प्राथमिक स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

९ जना सवार जिप बिहीबार दिउँसो साढे १ बजेतिर सडकबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न सकेको छैन ।

LEAVE A REPLY