यी हुन् कांग्रेसबाट राष्ट्रियसभाका उम्मेदवार

0
164

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

Advertisements

शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकन्ठमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि १६ जना उम्मेदवारको नाम टुंगो लगाएको जनाइएको छ ।

राष्ट्रियसभा निर्वाचन आउँदो माघ ९ गते हुँदैछ ।

कांग्रेसले प्रदेश नम्बर–१ को दलित कोटामा नीरबहादुर विश्वकर्मा, महिला कोटामा मीना पुलामीमगर र अन्य कोटामा राजेन्द्र घिमिरे, प्रदेश नम्बर–२ को महिला कोटामा नगिना यादव र अल्पसंख्यक/अपांगता कोटामा भोला पञ्जियारलाई उम्मेदवार बनाएको छ ।

यस्तै, प्रदेश नम्बर–३ को अन्य कोटामा हरिशरण श्रेष्ठ र महिला कोटामा छलीकुमारी शर्मा उपाध्ययाय, गण्डकी प्रदेशको अन्य कोटामा सूर्यप्रसाद रेग्मी र महिला कोटामा विमला गौचनलाई उम्मेदवार बनाएको छ ।

पौष १९, २०७६प्रेस विज्ञप्तिराष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १७ को प्रयोजनका लागि संवत् २०७६ साल माघ ९…

Posted by Nepali Congress on Saturday, January 4, 2020

प्रदेश नम्बर–५ को अन्य कोटामा बालकृष्ण पाण्डे, महिला कोटामा गिरिजा न्यौपाने र अल्पसंख्यक/अपांगता कोटामा मेराज हलवाई, कर्णाली प्रदेशको अन्य कोटामा डिल्लीराम पाठक र महिला कोटामा सावित्री पौडेललाई उम्मेदवार बनाइएको छ ।

यसैगरी, कांग्रेसले सुदूरपश्चिम प्रदेशको अन्य कोटामा प्रताप ठगुन्ना र महिला कोटामा तुलसी देवकोटालाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले प्रदेश–२ का चार सिटमध्ये दुई सिटका लागि समाजवादी पार्टीसित तालमेल गरेको छ ।

राजपाका उम्मेदवार

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

राजपाले प्रदेश नम्बर–२ को अन्य कोटामा मृगेन्द्रसिंह यादव र अल्पसंख्यक कोटामा शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रदेश–२ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाले चुनावी तालमेल गरी दुई/दुई सिट बाँडेका छन् ।

LEAVE A REPLY