बिज्ञान संग पूर्वीय दर्शन जोड्न चितवनमा कोटीहोम महायज्ञ हुदै

0
299

शिव शर्मा भरतपुर । भरतपुर महानगरपालिका २३ मा रहेको पशुपति मन्दिरलाई धामको रुपमा विकास गर्न नारायणी नदि किनारमा ऐतिहासिक १ सय ८ कुण्डीय कोटिहोम महायज्ञ हुने भएको छ । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा धार्मिक पर्यटकको पर्वद्धन गर्दै जगतपुरमा रहेको पशुपति नाथ मन्दिरलाई धामको रुपमा विकास गर्दै त्यही ठाउमा आयुर्वेद शिक्षालय स्थापना गर्न कोटिहोम महायज्ञ हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । १ महिना सम्म संचालन हुने महायज्ञबाट संकलित रकमबाट क्यान्सर रोगबाट पिडित गरिव तथा बिपन्न परिवारका व्यक्तिलाई समेत सहयोग गरिने छ ।

Advertisements

“चितवनको पश्चिमी क्षेत्रमा रहेको पशुपतिनाथको मन्दिरलाई धामको रुपमा विकास गरि धार्मिक केन्द्र बनाउन लागिएको छ । एउटै भवन भित्र बृहत रुपमा धामका संरचनालाई विकास गर्ने गरि गुरु योजना तयार गरेका छौ ।” पशुपतिनाथ मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले भने, “ आयुर्वेद शिक्षालयको मार्फत शैक्षिक क्षेत्रलाई पनि योगदान दिने तयारी छ । बिज्ञान संग पूर्वीय दर्शन जोड्न बृहत धामको विकास गर्न लागिएको हो ।” कोटिहोम महायज्ञलाई अवलोकन गर्न नासाका विद्वानहरुको समेत सहभागिता हुने पुडासैनीले बताए । ४ बिगा क्षेत्रफलमा फैलिएको मन्दिरमा आयुर्वेद शिक्षालय, जेष्ठ नागरिक भवन, योग शाला, गौशाला, सन्तहरु बस्ने गुठि लगाएतका संरचना बनाइने छ ।

गुरुयोजना अनुसार भौतिक संरचना निर्माण गर्न १ अर्व लागत लाग्ने छ । धार्मिक पर्यटन, बिज्ञान, पूर्वीय दर्शन र पर्यावरणिय सन्तुलनको समिश्रणका रुपमा धामलाई विकास गरिने प्रमुख वाचक बाल योगेश्वर महाराजले बताए । उनका अनुसार नारायणी किनारमा गर्न लागिएको कोटीहोम नेपालकै पहिलो हो । बिश्वस्तरमा भने यो १ सय ३० औं कोटीहोम महायज्ञ हो । माघ ११ देखि फागुन ११ सम्म चल्ने महायज्ञमा मुक्तिनाथ देखि अखण्ड दिप प्रज्वलन गरि नारायणी किनारमा ल्याएर १ सय ८ हवन गर्ने तयारी रहेको छ ।

१० लाख भक्तजनले अवलोकन गर्ने अनुमान गरिएको कोटीहोम महायज्ञ सम्पन्न गर्न ५ करोड लागत लाग्ने आयोजकको अनुमान छ । २५ करोड आर्थिक संकलनको लक्ष्य रहेको महायज्ञमा १ सय ८ हवन कुण्डमा १ सय ८ प्रसिद्द पण्डीतले हवन गर्ने छन् । दैनिक बिज्ञान संग जोडेर पूर्वीय दर्शनको प्रवचनक साथ बिबिध संगीत मय र लिला मय प्रस्तुति समेत हुनेछन । कोटिहोम पिठधिश धर्मपाल श्री गुरु बरिष्ठको सनिध्यतामा हुने छ । महायज्ञको बाल योगेश्वर महाराजले प्रमुख वाचन गर्ने छन ।

LEAVE A REPLY