चितवनमा ‘लो भोल्टेज’को समस्या नहुने, भण्डारामा सबस्टेसनको निर्माण अन्तिम चरणमा

0
122

चितवन। चितवनको भण्डारामा विद्युत् प्राधिकरणको पूर्वीचितवन १३२ र ३३ र११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

Advertisements

सबस्टेसनको निर्माण आगामी चैत भित्र सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने तयारी भइरहेको छ । सबस्टेसन आयोजनाको निर्माण प्रगतिको स्थलगत निरीक्षणमा पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धैरै समय लाग्ने अधिकांश सिभिल संरचनाको निर्माण सकिएको बताए।

‘सबस्टेसनको जग (फाउन्डेसन) हालिएको छ, अधिकांश उपकरणहरू आयोजनास्थलमा आइसकेका छन् भने केही आउने क्रममा छन् । अब उपकरणहरु जडानको काम मात्रै बाँकी देखिन्छ, बाँकी रहेको सिभिल संरचनाको काम सक्न र उपकरण जडानको कामलाई तीव्रता दिनुहोस्,’ उनले निर्देशन दिँदै भने, ‘निर्माण तोकिएकै समयमा सम्पन्न गर्न देखिएका समस्या समाधान गर्न प्राधिकरणले गर्नुपर्ने काम र सहजीकरण तदारुकताका साथ गरिदिने छौं ।’

चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरिय र विश्वसनीय बनाउन पूर्वीचितवन सबस्टेसन निर्माण गरिएको हो । ‘भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३ र ११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ । लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत प्राविधिक चुहावटको समस्या थियो,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘सबस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट करिब ४ र ५ प्रतिशत घट्ने छ, ग्राहकले पनि गुणस्तरिय, भरपर्दो र पर्याप्त विद्युत् पाउनु हुनेछ भने प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य हुनेछ ।’ हेटौडाबाट भरतपुर तर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत लाई पूर्वीचितवन सबस्टेसनमा ट्यापिङ गरी त्यस क्षेत्रमा आपूर्ति गरिने छ ।

LEAVE A REPLY