दिवंगत बाबुलाइ स्मरण पत्र : “बाबा ! कमरेडहरुले हाम्रो खुसीको झुपडी मासेर आफ्नो महल बनाए ”

0
405

आज पुस २२ गते, मतलब यो दिन मेरो जिबनको कालो दिन ,हाम्रो हासो खुशी सहारा ,कुसल अभिभाबक गुमाएको दिन ,आमाको सिन्दुर पुछिएको दिन , एक पार्टीले आफ्नो एक राजनीतिककर्मी गुमाएको दिन , समाज ले एक समाजसेवी गुमाएको दिन । मिति २०५८-०९-२२ गते आइतबार राती करिब नौ बजे मेरो बुबा स्ब भैरब राज बिस्टको तत्कालिन माओबादीका खोल भिरेका आतंककारी माओवादीले अत्यन्त पाशबिक तरिका ले हत्या गरे । यो दिन न सम्झन सकिन्छ र न बिर्सन नै ।

चालीस सुत्रीय मागको प्रारम्भमा नै रास्ट्रीयताबाट सुरु गरेको माओवादी र उस्ले भन्ने गरेको जनयुद्धबाट के के परिबर्तन भयो त ? त्यो त उहाँहरुको जीवन शैली, रहनसहन र रास्ट्रीयताको सबालमा उहाँहरुले उठाएका एजेन्डा बाट नै प्रष्ट पारी सक्यो। माओवादी ले गरेका हत्याहिंसा लाई युद्द मान्ने हो भने युद्द को परिभाषामा घरमा सुतिरहेका निहत्था ब्यक्तीलाई हत्या गर्नु ,पढाई रहेका शिक्षक लाई हत्या गर्नु ,गाडी मा यात्रारत यात्रुलाई बम बिस्पोट गरि हत्या अपांग बनाउनु कस्तो युद्द हो यो बुझाउन सकिन्छ त कमरेड ? भिन्न बिचार ,भिन्न राजनीतिक आस्था बोक्दा ,चन्दा नदिदा निशानामा पारिनु के साच्चै युद्द थियो त ? यो साच्चै युद्द थियो देश लाई परिबर्तन यहि कारण भएको भए अन्तर्राष्ट्रिय समुदाय संग खुट्टा कमाउन पर्ने स्थिती किन आयो कमरेड ? युद्दको नियममा त दुबै तर्फ का सैनिकलाई धाबा बोलेर आक्रमण गर्नु लाई पो युद्द मानिन्छ, रातिको समयमा निहत्था ब्यक्ती हत्या गर्नु कस्तो युद्द थियो र यो युद्द के प्राप्ती का लागि थियो त ?

Advertisements

माओ द्दारा प्रतिपादित सिद्दान्तमा युद्दमा सर्बसाधरण लाई यातना नदिनु भन्ने निर्देशन छ तर यहाँ त वाद मात्र माओ को थियो र गतिविधी हिस्रक गर्दै युद्द भनेको पाईयो । माओवादीको खोल फालेर पहिलै एमालेमा मिसिएका भए सत्र हजार निहत्था ब्यक्ती मारिनु पर्ने थिएन ,यो मिसिनुलाई नेकपालाई बलियो बनाउन होला भन्ने मलाई लाग्दैन ,पनि यस्को प्रमुख उदेस्य जुन बाद को नाममा ब्यक्ती हत्या भयो सोही वाद नै त्यागे पछि उक्त अपराधबाट उन्मुक्ती पाउने उपाय मात्र उहाँ ले निकालेको मेरो बुझाई छ । युद्दको नाममा ब्यक्ती हत्या गर्यो, नाम फेर्दै अन्य पाटी मा बसाइँ सर्दैमा उनले गरेका जघन्य अपराधबाट उन्मुक्ती मिल्यो भने देशमा शान्ती स्थिरता कायम होला भन्ने मलाई लाग्दैन , एक अपराधी खोल फालेर सत्ता को बागडोर सम्हाल्न पुग्नु मात्र शान्ती कायम हुनु होइन ।

“बाबा ! कमरेडहरुले हाम्रो खुसी खोसेर आफ्नो महल बनाए !”

युद्द गरेर के परिबर्तन भयो त , कोहि अभिभावक बिहिन कोहि श्रीमान बिहिन ,कोहि अपांग यस्तै होइन त परिबर्तन , होइन भने परिबर्तन त जो युद्द गरे भन्छ्न उहाहरुको जीवनस्तरमा परिबर्तन आयो । उहाँका छोरा छोरी बुहारीमा परिबर्तन आयो । त्यो भन्दा अन्य परिवर्तन के मा आयो कमरेड ? हिजो गाउँ घर तिर समय बिताउन तास खेलेकाहरु लाई तास च्यातेर खुबाउनेहरु आज क्यासिनो छिर्नु ,हिजो बाजागाजा सहित बिहे हुदा ,थोरै खर्च गर्दा ,दाइजो दिदा सामन्ति को बिल्ला भिराउथे ,बाजागाजा प्रतिबन्ध हुन्थे आज तिनै कमरेड का छोरीहरुको स्टार होटल मा बिहे हुन्छ्न , हिजो कोहि ले बहुबिबाह गरिहाले भने भाटे कार्बाही हुन्थ्यो आज सोही भाटे कार्बाही गर्ने हरु नै सुरासुन्दरी संग रमाउने र बहु बिबाह पनि उहाँहरु र उहाँका छोराछोरी को भएको देखिएकै छ ।

आखिर युद्द ले परिबर्तन गरेको यहि होइन त , तपाईं ले मान्दै गरेका नेता का पहिलाका तस्बिरहरु हेर्नुस र अहिलेका राजसी शैली हेर्नुस ,यी नवराजामा परिबर्तन कसरी आयो ,हो यहि परिबर्तन ल्याउने शक्ति नै त्यही युद्द थियो ,हिजो बैक लुटेका ,चन्दा उठाएका ,बोराका बोरा पैसा सब उहाँ हरु ले समृद्द बनाउन प्रयोग गरिरहनु भयको छ ,परिबर्तन भयको यहि हो, युद्द त राज्य सत्ता संग धाबा बोलेर आक्रमण गरिनु लाई पो भनिन्छ , लुकेर ब्यक्ती हत्याहिंसा गर्नु यो कस्तो युद्द थियो यस्को जबाफ दिने नैतिक साहस छ त कमरेड ? युद्दमा गल्ती भयो भन्ने शब्द हुदैन युद्दमा गल्ती भयो भनेर आममाफी पाएको विश्वमा कहि कतै थाह पाउन सकेको छैन । जब सम्म देश मा अपराधीले रास्ट्रीय तथा अन्तर्राष्ट्रिय कानुन अनुसार कारवाही भोग्दैनन तब सम्म देशमा शान्ती कायम हुन्छ भन्ने मलाई लाग्दैन ।

गम्भीर मानव अधिकार हनन र मानबता बिरोधी अपराध जस्ता अन्तर्राष्ट्रिय कानुन उल्लघनमा मुछिएका ब्यक्तीलाई बिस्बको कुनै पनि मुलुकमा प्रकाउ गरेर आफ्नो अदालतमा मुद्दा चलाउने कानुनी प्राबधान छ ,यदि नेपालबाट अपराधीले कानुन अनुसार कारवाही भोगेनन भने अन्तर्राष्ट्रिय समुदाय गुहार्नुको बिकल्प अन्य देखिदैन । अपराधी लाई कारवाही हुनु नै युद्दका नाममा मारियका निहत्था नागरिक प्रती सच्चा
श्रद्धाञ्जली हुन जान्छ । युद्दको नाम मारिनुभएका मेरो बुबा लगायत सम्पुर्ण बुबा आमा दाजुभाइ दिदिबैनि प्रती हार्दिक श्रदासुमन ।।

यो स्मरण पत्र बिजय राज बिष्टले आफ्नो बुवा स्ब भैरब राज बिष्ट पुण्यतिथिमा लेखेका हुन् । उनका बुवा प्रति हाम्रो पनि श्रद्दासुमन !

LEAVE A REPLY