निर्भया हत्याकाण्डका चारजना दोषीलाई मृत्युदण्ड दिने

0
26

काठमाडौं । भारतको चर्चित निर्भया हत्याकाण्डका चारजना दोषीलाई मृत्युदण्ड दिन अदालतले आदेश दिएको छ ।

नयाँ दिल्लीस्थित पटियाला हाउस अदालतले मंगलबार चारै जना दोषीलाई फाँसी दिन आदेश दिएको हो ।

उनीहरुलाई यही जनवरी २२ तारिख बिहान सात बजे जेलमै फाँसी दिईने छ । सन् २०१२ मा बसमा सवार पशु चिकित्सक निर्भयाको बसमै सामूहिक बलात्कारपछि हत्या भएको थियो ।

उक्त घटनामा ६ जना संलग्न रहेकोमा एक जनाले तिहाड जेलमै आत्महत्या गरिसकेका छन् भने एक नाबालकलाई सुधार गृह पठाइएको थियो । उनलाई तीन वर्षपछि रिहा गरिएको थियो ।

यसअघि सन् २०१३ सेप्टेम्बरमा अभियुक्तहरुलाई मृत्युदण्डको सजाय हुने आदेश अदालतले दिईसकेको थियो ।

बसमा सवार पशु चिकित्सक निर्भयामाथि बसमा यात्रा गरिहेको बेला ट्रक चालकसहित ६ जनाले सामूहिक बलात्कार गरेका थिए । एजेन्सी

LEAVE A REPLY