चितवनको रंगोली घोलमा फेरि अर्को गैँडा मृत भेटियो

0
130

चितवन । चितवनमा फेरि एक गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा शुक्रबार साँझ मृत भेटिएको हो । मृत गैँडाको शव निकाल्न कार्यक्षेत्रमा खटिएका राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश यादवले भालेँ गैँडाले लखेट्दै जाँदा घोलमा फसेर सो गैँडाको मृत्यु भएको बताए । यो महिना मात्र चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत भेटिसके । पुस २० गते रतौलको मध्यवर्ती जंगल नजिकको तोरीबारीमा गैंडा मृत भेटिएको थियो । चालु आर्थिक वर्षमा यो सँगै ७ वटा गैंडा कालगती र विभिन्न कारणले मरेका छन् ।
गैंडा ५ र ७ दिनदेखि मरेको हुनसक्ने अनुमान गरिएको छ । स्काभेटरको प्रयोग गरेर शुक्रबार दिउँसो नै गैँडालाई घोलबाट निकालिएको उनले बताए । रंगोली घोलमा गढेको अवस्थामा रहेकाले निकाल्न गाह्रो भएको थियो । गैँडाको खाग सुरक्षित छ ।

Advertisements

LEAVE A REPLY