ज्योतिनगरमा रहेको युवा माध्यमिक बिद्यालयले महायज्ञ गर्दै

0
118

भरतपुर । भरतपुर महानगरपालिका वडा न २६ मा रहेको युवा माध्यमिक बिद्यालयले धन धान्याञ्चल महायज्ञ गर्ने भएको छ । बिद्यालयको शैक्षिक उन्नयनका साथै जग्गा खरिद गर्न महायज्ञ गर्न लागिएको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो । माघ ५ देखि सुरु हुने महायज्ञ १३ गते सम्म चल्ने छ । भवन निर्माण लगाएत अन्य भौतिक संरचना निर्माण गर्न सरकार र सरकारी निकायले बजेट नै बिनियोजन गर्ने गरे पनि जग्गाका लागि बजेट छुट्याउने परिपाटी नेपालमा नभएकाले अभिभावक संग सहयोग मागेको मूल समारोह समिति संयोजक ज्ञान प्रसाद खनालले बताए । धन्यांचलमा करिव ३ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको अर्का संयोजक नारायण प्रसाद ढकालले जनाए । उनका अनुसार ४ कठ्ठा जग्गाको लागि अग्रिम बैना लगाइसके पनि त्यसको लागि रकम नहुदा समस्या भएको छ । १ करोड ६० लाखमा जग्गा खरिद गर्न प्रक्रिया अगाडी बढेको छ । बिद्यालय अहिले ७ कठ्ठा १३ धुर क्षेत्रपÞmलमा फैलिएको छ । “बिद्यार्थीलाई खेल्ने खेल मैदानको समेत अभाव छ ।” संयोजक ढकालले भने, “२०५८ सालमा महायज्ञ लगाएर अहिले सम्म बिद्यालय चलाएका छौ ।”
बिद्यालयमा अहिले ५ सय ६५ बिद्यार्थी अध्ययन गर्दै आइरहेका छन् । आगामी बर्ष देखि प्राबिधिक शिक्षाको सुरुवात गर्ने समेत बिद्यालयको लक्ष्य छ । २०४१ सालमा स्थापना भएको बिद्यालयमा २६ जना शिक्षक कर्मचारी छन् । जसमा ८ जना निजि स्रोतबाट संचालित शिक्षक शिक्षिका रहेका छन् । नर्सरी देखि कक्षा १० सम्म अंग्रेजी र नेपाली माध्यम बाट बधाई हुने यस बिद्यालयमा बिद्यार्थीको उपस्थिति राम्रो छ । महायज्ञ सम्पन्न गर्न १५ सय ५ सदस्यीय मुल समारोह समिति बनाइएको छ । महायज्ञमा बालकृष्ण अर्याल प्रमुख वाचक छन् ।

Advertisements

LEAVE A REPLY