सरकार शक्ति पृथकीकरणको सिद्धान्तविपरीत गइरहेछ : सिटौला

0
114

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अदालतलाई आफूअनुकूल बनाएर वर्तमान सरकार शक्ति पृथकीकरणको सिद्धान्तविपरीत गइरहेको आरोप लगाएका छन् ।

जीपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा सिटौलाले सरकार संविधान र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत गइरहेको आरोप लगाए ।

सरकारको त्रासले अदालत सरकारका गैरसंवैधानिक कदमलाई पनि वैधानिक बनाउने दिशातिर उन्मुख भइरहेको उनको आरोप थियो ।

कार्यक्रममा कांग्रेस युवा नेता प्रदीप पौडेलले सत्तारुढ दल नेकपा र सरकारमा लोकतन्त्रविरुद्धको गन्ध आइसकेको जिकिर गरे ।

नेताहरु भीमसेनदास प्रधान, शिव हुमागाइँलगायतले आन्तरिक लोकतन्त्र मजबुत् भएमात्र कांगेसले लोकतन्त्रको रक्षा गर्नसक्ने बताए ।

LEAVE A REPLY