केन्द्रीय राजनीतिमा जटिलता उत्पन्न : दाहाल

0
21

चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय राजनीतिमा जटिलता उत्पन्न भएको टिप्पणी गरेका छन् ।

मंगलबार चितवनको माडीमा आयोजित प्रथम माडी खिचरा महोत्सवमा सम्बोधन गर्दै दाहालले राजनीतिमा उत्पन्न जटिल परिस्थितिलाई चिरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले राष्ट्रिय निकुञ्ज र जनताबीच द्वन्द्व उत्पन्न भइरहेकाले निकुञ्ज ऐन परिमार्जन हुनेक्रममा रहेको बताए ।

माडीको विकासका लागि आफूले माडीको जनप्रतिनिधि र पार्टी अध्यक्षको हैसियतले काम गरिरहेको उनको भनाइ थियो ।

LEAVE A REPLY