“ला लिगामा रोनाल्डोलाइ सम्झिरहन्छु” भन्दै मेस्सीले सम्झीए रोनाल्डो संगको प्रतिस्पर्धा

0
60

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना प्रतिद्वन्द्वी तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँग ला लिगा खेल्दाको अनुभव सुनाएका छन् । उनले हालै ‘डीएजेडएन’सँगको अन्तर्वार्ताका क्रममा बोल्दै रोनाल्डोसँगको ला लिगामा विशेष भएको बताए ।

मेस्सी र रोनाल्डोले ९ वर्ष ला लिगामा प्रतिस्पर्धा गरे । तर, सन् २०१८ मा रोनाल्डो रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस गएपछि उनीहरू प्रतिस्पर्धा केही हदका लागि सकिएको छ । यस्तैमा अर्जेन्टिनी स्टार मेस्सीले रोनाल्डो हुँदा मात्र ला लिगा विशेष भएको बताएका छन् ।

‘रोनाल्डो हुँदाको ला लिगा विशेष थियो । म उनी हुँदाको ला लिगा सधैं सम्झन्छु, किनकी पछिल्ला थुप्रै वर्ष मैले आफ्नो स्तर मिलाउनलाई कठिन भएको महसूस गरेको छु’, मेस्सीले भने, ‘उनी हुँदा बार्सिलोना र रियल मड्रिडको पनि प्रतिस्पर्धा उस्तै थियो । रियल र बार्सा दुवै विश्वका उत्कृष्ट क्लब हुन् ।’

यसैगरी मेस्सीले रोनाल्डोसँगको प्रतिद्वन्द्वीता सधैं सम्झनामा रहने बताए । उनले भने, ‘हामीले लामो समयदेखि समानस्तरमा रहेर प्रतिस्पर्धा गरेका थियौं । मेरो विचारमा यो सबैलाई सम्झनामा रहन्छ । हाम्रो प्रतिद्वन्द्वीता मेरो सम्झनामा सधैं छ ।

‘हामीबीचको प्रतिस्पर्धा निकै सुन्दर थियो, व्यक्तिगत रूपमा पनि उस्तै, उनले थपे, ‘हाम्रो प्रतिस्पर्धालाई मानिसहरूले माया गरेका थिए । चाहे त्यो रियल मड्रिडका समर्थकले होस् या बार्सिलोनाका । या त सामान्य फुटबलका फ्यानले पनि ।’

मेस्सीले रोनाल्डो भएको एल क्लासिको बढी महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘पक्कै पनि रोनाल्डो रियलमा हुँदा सबै खेल विशेष हुन्थे । अझ एल क्लासिकोमा उनी हुँदा त्यो खेल नै महत्त्वपूर्ण लाग्थ्यो । हाल रियलसँगको खेल सामान्य लाग्छ, तर उनी हुँदा धेरै विशेष हुन्थ्यो ।’

LEAVE A REPLY