तेस्रो गैडाकोट महोत्सव हुदै

0
280

भरतपुर । नवलपुरको गैडाकोटमा तेस्रो गैडाकोट महोत्सव हुने  भएको छ । माघ १५ गते देखि २६ गते सम्म महोत्सव हुने आज पत्रकार सम्मेलन गरि जानकारी गराइयो । उद्योग बाणिज्य संघ गैडाकोटको आयोजनामा हुने महोत्सवमा नवलपुरको स्थानीय उत्पादनलाई बजारीकरण गरिने बताइएको छ ।

Advertisements

स्थानीय उत्पादन र त्यसको वितरणलाई शसक्त बनाइ स्थानीय उत्पादन र औधोगिक उत्पादन बीचको अन्तरलाई घटाउन महोत्सव गर्न लागिएको उद्योग बाणिज्य संघ गैडाकोटका अध्यक्ष अमित भट्टचनले जानकारी दिए । उनका अनुसार गैडाकोटको स्थानीय पहिचान संगै धार्मिक पर्यटनलाई समेत महोत्सवले प्राथमिकतामा राखेको छ । महोत्सवमा ब्यबसायिक गतिविधि, सास्कृतिक कार्यक्रम, पर्यटन प्रवद्धनात्मक कार्यक्रम, बिद्यालय स्तरिय सास्कृतिक प्रतियोगिता, आइटि कार्यक्रम, साहित्य, महिला उधमशीलता र विकास कार्यक्रम, बाल उधान लगाएतका आकर्षण हुने छन् ।  साथै यो संकरणको महोत्सवमा लण्डन ब्रिज, ब्रुज खलिफा सेल्फी जोन लगाएत आकर्षण समेत रहनेछन ।

महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण गर्न ३० भन्दा बढी कृषि स्टल निशुल्क किसानको लागि उपलब्ध गराउने महोत्सव सचिवालय प्रमुख छबि कंडेलले बताए । महोत्सवमा डेढ करोड खर्च लाग्ने र २ करोड भन्दा बढी आम्दानी गरिने लक्ष्य राखिएको छ । महोत्सवमा ३५० स्टल रहने छन् । टिकट दर ५० रुपैयाँ हुने छ ।

LEAVE A REPLY