कांग्रेस भित्रको विवाद सैद्धान्तिक बिचलनको नभई पद, प्रतिष्ठा र कुर्सिको हो : सचिव जोशी

0
110

भरतपुर । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले नेपाली कांग्रेस भित्रको आन्तरिक विवादलाई समाधान गर्न कोसिस गरिरहेको बताएका छन् । चितवन क्षेत्र न ३ “ख” मा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई एकजुट बनाउन पार्टी सभापति शेर बहादुर देउवा गम्भिर रहेको बताएका हुन् । उनले कांग्रेसका भात्रृ संगठनमा देखिएका विवादलाई क्रमश हल गर्दै लैजाने बताए ।
त्यस्तै नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले पार्टि सभापतिको चर्को आलोचना गरे । उनले कांग्रेस भित्रको विवाद सैद्धान्तिक बिचलनको नभई पद, प्रतिष्ठा र कुर्सिको रहेको बताए । उनले भने, “सभापति जी ! पहिला माग्ने अवस्थामा हुन्नुहुन्थियो, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला सभापति हुदाँ भागवण्डा नै माग्नु हुन्थियो । उहाँ माग्न मात्र जान्नु हुन्छ तर दिन जान्नु हुन्न ।”
अहिले केन्द्रिय समितिमा भागवण्डाकै विवाद छ । “उहाँ ४० प्रतिशत माग्नु हुन्थियो भने अहिले दिन पनि जान्नु पर्छ ।” सचिव जोशीले भने ।
भागवण्डा नमिल्दा देउवाले ९ महिना सम्म केन्द्रिय समितिको बैठक बस्न नदिएर राजिनामा समेत गरेको इतिहास छ । यस्तै जोशीले भात्रृ संगठनको किचलोमा समेत प्रश्न उठाए । “२ बर्षे कार्यकालमा ४ जना सभापतिले संगठन चलाउदा त्यसको असर तल्लो तह सम्म पर्ला कि नपर्ला ?” उनले भात्र्र संगठनको उमेर हद ब्यबस्था तत्काल लागु हुनुपर्ने बताए । आगामी महाधिवेशनबाट यो व्यवस्था लागु गर्ने सभापतिको तयारी छ ।

LEAVE A REPLY